स्याङ्जा १५ चैत्र । नेशनल लाईफ इन्स्योरेन्स र पुतलीवजार नगरपालिका विच स्थानीय तहमा विमाको पहुँच विस्तार र विमा सम्वन्धी सचेतना वढाउने उद्येश्यले जनप्रतिनिधि र विमा कम्पनि विच अन्तरकृया सम्पन्न भएको छ ।
स्थानिय तहमा नागरिकको जीवन बीमाको आवश्यकता र फाइदा एवं यसले दिन सक्ने आर्थिक सुरक्षाको प्रत्याभूतिबारे अन्तरक्रियामा नेशनल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख केशवराज ढकालले विमा नागरिकको सुरक्षा मात्र नभई दिर्घकालको बचत योजना पनि रहेको वताएका थिए ।
स्थानीय स्तरमा विमाको पहुँच विस्तार गर्न जनप्रतिनिधिहरूको सहयोग आवश्यक रहेको वताउदै ढकालले जीवन बीमा अझै सरल, सहज र अत्याधुनिक बनाएर जनतामाझ पुग्न आफूहरू तयार रहेको वताए ।
कार्यक्रममा प्रमुख अतिथी पुतलीवजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले विमा आम नागरिकको लागि अपरिहार्य भएपनि विमा कम्पनी सवै नागरिक सम्म पुग्न नसक्दा यसको विस्तार हुन नसकेको वताए ।
कार्यक्रममा नेपाल विमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दहालले बीमाको परिचय, महत्व र आवश्यकता, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको विकास तथा पहुँच विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुती गरेका थिए।
कार्यक्रम नेशनल लाइफ इन्स्योरेन्स वालिङ शाखाका प्रमुख गुरूदत्त पौडेलले सन्चालन गरेका थिए ।