वालिङ, १० चैत्र । विश्व क्षयरोग दिवसको अवसर पारेर वालिङ नगरपालिका स्वास्थ्य शाखावाट नगरपालिकाको वडा नं १२ सिर्सेकोटमा एक दिवसिय क्षयरोग जाँच शिविर सन्चालन गरेको छ ।
नेपाल सरकारले सन २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त गर्ने घोषणा संगै काम थालनी गरेको छ । जस अनुसार वालिङ नगरपालिकाले पनि सरकारकै योजना अनुरुप क्षयरोग निदान र उपचारमा सक्रियता देखाएको छ
क्षयरोग दिवसकै अवसर पारेर वालिङ नगरपालिकाले ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर सन्चालन गरेको हो । ग्रामिण भेगमा पनि क्षयरोगका विरामी लुकेर रहेको हुनसक्ने र विरामीहरु क्षयरोगवाट ग्रसित भएपछि मात्र उपचारका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको हुँदा ग्रामिण क्षेत्रमा पुगेर क्षयरोग निदान तथा उपचारको कार्यक्रम अगाडी सारिएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिए ।
तिन वर्षमै अपेक्षित सुधार ल्याउछौ : नगर प्रमुख खाँण
विश्व क्षयरोग दिवसको अवसरमा आयोजित क्षयरोग जाँच शिविरको उद्घाटन गर्दै वालिङ नगरपालिका नगर प्रमुख कृष्णवहादुर खाँणले सरकारले सन २०५० सम्ममा क्षयरोग अन्त्यको घोषणा गर्ने अभियान सारेपनि वालिङले आगामी तिनवर्षमै क्षयरोग अन्त्य गर्ने अभियानका साथ अगाडी वढेको वताएका छन् ।
क्षयरोग सामान्य लागेपनि यसको अषर ठूलो रहेको वताउदै नगर प्रमुख खांणले समुदाय र सरकारको हातेमालोले मात्र कुनैपनि उदेश्यको अपेक्षित लाभ लिन सकिने हुँदा क्षयरोग निदान र उपचारमा समुदायको सहयोग आवश्यक रहेको वताएका छन् ।
वालिङ नगरपालिकाले क्षयरोगको शंका लाग्ने वित्तिकै खकार परिक्षण गर्ने र रोग निदान भएका विरामीलाई निशुल्क औषधी वितरण गर्ने काम गरिरहेको उल्लेख गर्दै ग्रामिण क्षेत्रमा पनि क्षयरोगको लक्षण देखिने वित्तिकै निशंकोच नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मी संग परामर्श लिन अनुरोध गरेका छन् ।
क्षयरोग निदान र उपचारवाट नै सम्भव छ क्षयरोग अन्त्य : उप प्रमुख कविता तिवारी
वालिङ नगरपालिकाले क्षयरोग नियन्त्रण र सरकारको योजना अनुरुप क्षयरोग अन्त्यको अभियानलाई पूर्णरुपमा सक्रियताका साथ नगरपालिकाले योजना वनाएको उप प्रमुख कविता तिवारीले जानकारी दिईन ।
सिर्सेकोटमा आयोजित क्षयरोग जाँच शिविरमा वोल्दै तिवारीले क्षयरोगका विरामी पहिचानका लागि विभिन्न ठाँउहरुमा स्वास्थ्य जाँच शिविरलाई निरन्तरता दिएर विरामी पहिचान र उपचारवाट हाम्रै कार्यकालमा क्षयरोग अन्त्यको पहल कदमी लिएको वताएकी छन् ।
उपप्रमुख तिवारीले नगरपालिकाले नगरवाट घर घरमा स्वास्थ्यकर्मी परिचालन गरेर नागरिकको स्वास्थ्य स्थिति वुझ्ने काम भइरहेको र तिनै स्वास्थ्यकर्मीले समेत क्षयरोग सम्वन्धी परामर्श र रोग पहिचान र उपचारकालागि अस्पतालसम्म पु्याउन सहयोग गरिरहेको जानकारी दिएकी छन् ।