स्याङ्जा- ६ चैत्र । स्याङ्जाको वालिङ नगरपालिकाले कृषकहरूलाई पशुपालन तर्फ आकर्षण र दूध उत्पादनमा पालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले लागत साझेदारी हुनेगरी अनुदानमा गाई उपलव्ध गराउने भएको छ ।
किसानलाई व्यवसायिक पशुपालनमा अग्रसर गराउन ५० प्रतिशत लागत साझेदारीमा गाई खरिद गर्नेगरी अनुदान उपलब्ध गराएको हो। नगरपालिकाको पशु विकास शाखावाट साझेदारीमा गाई प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको नगर उपप्रमुख कविता तिवारीले जानकारी दिईन्। कृषकहरूले आफ्नो क्षमता अनुसार कम्तिमा दुईवटा गाई पालन गर्ने कृषकलाई अनुदानमा समावेश गर्न सकिने जानकारी दिईन् ।
नगरपालिकाले दुधमा समेत प्रति लिटर १० रूपैया अनुदान घोषणा गरेसंगै अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पास बुककोमा भएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा १० रुपैया उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।
नमुना कृषि सहकारीले नगरपलिकाको सम्झौता अनुसार दैवि प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा ३५० दिन किसानको दुध खरिद गर्नुपर्नेछ । सहकारी संस्थाले हरेका एक महिनामा दुइ पटक संकलित दुधको विवरण वालिङ नगरपालिकालाइ विवरण उपलब्ध गराउने छ । दुधको मुल्य नेपाल सरकारले तोकेको फ्याट र एसएनएफ को आधारमा मुल्य निर्धारण गर्ने छ ।
नगरपालिकाले युवाहरूलाई स्वदेशमै रोजगारी श्रृजना गर्न वा वैदेशिक रोजगारीवाट फर्केका यूवाहरूलाई आकर्षण गर्न दूध र पशुपालनमा अनुदान कार्यक्रम सन्चालन गरिएको उपप्रमुख कविता गैह्रेले वताईन ।