काठमाण्डौ । राजनैतिक घटनाक्रमले नयाँ मोड लिएर नयाँ गठवन्धन वनेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन नेपाली काँग्रेसले फिर्ता लिएको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समितिको बैठक आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको थियो ।
गठबन्धनबाट बाहिरिएसँगै अब काङ्ग्रेस प्रतिपक्षको भूमिकामा बस्ने जनाइएको छ । हालका प्रमुख प्रतिपक्ष रहेका रास्वपा र एमाले भने नयाँ गठबन्धन मार्फत सरकारमा प्रवेश गरिसकेका छन् ।