गल्याङ, २२ फागुन । गल्याङ नगरपालिकाकामा एसियाली विकास वैंकको सहयोगमा नाफा प्रोजेक्ट सन्चालन भएको छ । फलफूल तथा तरकारीमा उत्पादन तथा बजारीकरण गर्नेगरी नाफा प्रोजेक्ट सन्चालन गरिएको नगर प्रमुख गुरु प्रसाद भट्टराईले वताए ।
गल्याङ नगरपालिका भित्र रहेका पाखो वारी तथा कृषि उत्पादन हुनसक्ने जमिनलाई भरपुर उपयोग ल्याउनेगरी प्रोजेक्टले फलफूल तथा तरकारीजन्य वस्तु उत्पादनमा केन्द्रित रहेर काम गर्ने नगर प्रमुख भट्टराईले प्रोजेक्ट सम्वन्धी अभिमुखीकरण कार्यक्रममा जानकारी दिए ।
गण्डकी प्रदेश भित्रका ३४ पालिका भित्र सञ्चालन हुने कार्यक्रम सात वर्ष सम्म सञ्चालन हुने छ । हाल ग्रामिण जनजिवन प्रभावित हुनेगरी वाँदर आतंक भइरहेको अवस्थामा वाँदरले समेत नष्ट नगर्ने खालका फलफूल जातका विरुवाहरु कृषकहरुमाझ पुग्ने छ । गण्डकी प्रदेश भित्र ३४ वटा पालिका मध्ये गल्याङ नगरपालिका समेत छनौट गरेर कार्यक्रम शुभारम्भ गर्ने मौका दिएकोमा गण्डकी प्रदेश सरकारलाई धन्यवाद समेत नगर प्रमुख भट्टराईले वताए ।
उत्पादनसंग जोडदै उत्पादनमा बृद्वि गर्ने र आत्मनिर्भर बन्ने निर्यात गर्ने आजका दिन सम्म गल्याङ नगरपालिकाले २० करोड बराबरको कृषिजन्य बस्तु नियात गर्ने गरेको र आगामी दिनमा १ अर्बको निर्यात गर्ने पक्षका साथ अगाडि बढेको प्रमुख भट्टराईको भनाई छ । धेरै बेरोजागर व्यक्तिहरुलाई स्वरोजगार बनाउदै जीवन स्थरमा सुधार ल्याउने आय आर्जनसंग बृद्वि गर्दै सकरात्मक सोचका साथ सबै बुद्विजिवी समाजसेवी राजनीतिकदलका सबैको साथ सहयोगमा कार्यक्रमलाई अगाडि बढाउने वताए ।
कार्यक्रममा नाफा प्रोजेक्टका बरिष्ठ कृषि अर्थ विज्ञ शशि अधिकारीले पहाडी क्षेत्रमा बाँदरले असर नगर्ने खालका फलफूल र तरकारी लगाउने तथा पशुपालन व्यवसाय सञ्चालन गर्ने र यस क्षेत्रका कृषकहरुका लागि यो परियोजना आएको र त्यसलाई सहि रुपमा गल्याङ नगरबासीले सदुपयोग गर्नु पर्ने र हामीले तालिम दिन्छौ त्यसको भरपुर सदुपयोग गर्न उत्पादनमा अगाडि वढ्न समेत आग्रह गरेका छन् ।
गल्याङ नगरपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी तथा कृषक गरि ७० जनाको सहभागीता थियो । कार्यक्रम गल्याङ नगरपालिका भित्रका कृषकहरुको उत्साहजनक सहभागीता रहेको नाफा प्रोजेक्टका कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिए ।