वालिङ- २० माघ । हाम्रो गौरव हाम्रो सान वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नारा सहित वालिङ खेल मैदानमा सन्चालित आठौ वालिङ महोत्सव २०८० को तेसो दिन शनिवार २० हजार दर्शकले मेला अवलोकन गरेका छन् ।
प्रदेश स्तरीय कृषि, पर्यटन, ओद्योगिक तथा व्यापार मेलाको तेस्रो दिन दर्शकको उत्साहजनक उपस्थितिले पाँच वर्ष पछि आयोजित वालिङ महोत्सवलाई थप उत्साहित वनाएको आयोजक वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।
शनिवार मेलामा १ करोड वढीको कारोवार भएको अनुमान गरिएको छ । मेलालाई थप रौनक दिन स्याङ्जाको स्वरेक मैदानवाट प्याराग्लाईडिङ गरि महोत्सव स्थलमा पुष्पवृष्टी गरिएको थियो । स्याङ्जालाई शाहसिक पर्यटन प्याराग्लाईडिङको उपयुक्त गन्तव्य वनाईरहेको वेला महोत्सव स्थलवाट प्याराग्लाईडिङको अवलोकन गर्दा यसको महत्व झनै वढेको महोत्सव प्रचार प्रसार संयोजक पिताम्वर खनालले वताए ।
यही माघ १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेको मेला २८ गते सम्म सन्चालन हुनेछ ।