स्याङ्जा- ८ पौष । कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन माघ १० गते हुने भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको माघ २ गते बसेको पदाधिकारी बैठकले गरेको जिल्ला सम्मेलन गर्ने निर्णय र सम्मेलनलाई सफल बनाउन माघ ३ गते बसेको पुर्ण बैठकले विभिन्न उप-समितीहरु समेत चयन गरेको जिल्ला सभापति राजु थापाले बताए ।
सम्मेलनको उद्घाटनका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका दर्जन वढी केन्द्रीय स्तरका नेता स्याङ्जा आउने कार्यक्रम रहेको सभापति थापाले जानकारी दिए ।