वालिङ-२० पौष । सेवा नै धर्म हो भन्ने मान्यता राख्ने रेडक्रस वालिङ उप शाखाको छैटौं अधिवेशनवाट पुन खगेन्द्र प्रसाद अर्याल सभापतीमा सर्वसम्मत भएका छन् ।
शुक्रवार वालिङ स्थित होटल ग्रिनल्याण्डमा आयोजित अधिवेशनवाट उप सभापतीमा कल्पना वश्याल, सचिवमा प्रदिप कोइराला, उप सचिवमा प्रेम नारायण सुवेदी, कोषाध्यक्षमा यज्ञप्रसाद अधिकारी, उप कोषाध्यक्षमा विमल अर्याल र सदस्यहरूमा सरस्वती वगाले, नरेन्द्रराज तिवारी, गोपीकृष्ण तिवारी, विनोद श्रेष्ठ र ध्रुवप्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै वालिङका समाजसेवी तथा पूर्व नगर प्रमुख लालचन्द्र गैह्रेले नेपाल रेडक्रस साेसाइटी विसुद्ध मानविय सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था भएको र यस्ले कसैलाई पनि विचारकाे आधारमा भेदभाव नगरी मानवीय सेवामा लाग्न अनुरोध गरेका छन् ।
कार्यक्रममा धनुवासे उपशाखाका अध्यक्ष गुणनिधी काफ्लेले विश्वमा रेडक्रसको स्थापना भएदेखि लाखौं मानिसहरू मृत्यूको मुखवाट फिर्ता आएको स्मरण गर्दै रेडक्रसको सात सिद्धान्तलाई अक्षेरस पालना गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा वालिङ नगरपालिका कार्यपालिका सदस्य युगमाया पंगेनी, नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य तथा निर्वाचन संयोजक विष्णु सुवेदी, पेखु वाघखोर उपशाखाका सभापती विष्णुप्रताप खाँण, लगायतले मानविय सेवामा लाग्न रेडक्रस कर्मीलाई आग्रह गरेेका थिए ।
कार्यक्रम शाखाका अध्यक्ष खगेन्द्र अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सचिव प्रदिप कोईरालाले सन्चालन गरेका थिए ।