वालिङ – १७ पुस । नेपाली सेनाको जागिर छाडेर रुसी सेनामा भर्ती भएका स्याङ्जा वालिङका २३ वर्षीय युवाको मृत्यु भएको छ।
वालिङ नगरपालिका १४ मान्खु घर भएका हरिप्रसाद अर्यालको युद्धका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली सेनामा भर्ती भएका अर्याल तीन वर्षमा नै जागिर छोडेर दुबई हुँदै गत कार्तिकमा रुस पुगेका उनी रूसी सेनामा भर्ति भएका परिवारले जनाएका छन् ।
परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खबर गरेपछि वडा कार्यालयले परिवारलाई हरिको मृत्यु भएको सूचना दिएको वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) ले जानकारी दिए।
डिसेम्बर ३ मा घटनामा भएको तर डिसेम्बर २८ मा मात्रै खबर आएको जानकारी परराष्ट्र मन्त्रालयले गराएको वडा अध्यक्ष कुँवरले जानकारी दिए। उनले भने, आफूलाई मङ्गलाबार दिउसो विभागबाट फोन आएको थियो ।
रुसी सेनामा भर्ती भएपछि अर्याल निरन्तर परिवारको सम्पर्कमा रहेका थिए । घटना हुनु भन्दा एक दिन अगाडिसम्म सम्पर्कमा रहेको परिवारले जनाएको छ।
यसअघि स्याङ्जाको पुतलीबजार नगरपालिका ५ का पितम कार्कीको मृत्यु भएको थियो।