वालिङ । वैंक तथा वित्तिय संस्थाका शाखा प्रबन्धकहरूको फोरम श्री वैंकर्स क्लव वालिङको पहिलो अधिवेशन शनिवार सम्पन्न भएको छ ।
नेपाल ईन्भेष्टमेण्ट मेगा वैंक वालिङ शाखाका प्रवन्धक उज्वल श्रेष्ठको अध्यक्षतामा बैंकर्स क्लब वालिङको नयाँ कार्यसमिति चयन भएकाे छ।
क्लवको उपाध्यक्षमा प्रेम नारायण अर्याल, सचिवमा लिला गुरूङ, कोषाध्यक्ष खगेन्द्र पौडेल, सह सचिवमा मणि वश्याल र सदस्यमा अजीता खाँण र पदम कुँवर सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रममा नेपाल प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष प्रदिप कोइरालाले देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा वैंक तथा वित्तिय संस्थाले लिदै आएको चर्को व्याजदरका कारण सर्वसाधारण र व्यापार व्यवसाय प्रभावित भएको वताए ।
बजारमा आएका समस्या र बैकको ऋण तिर्न नसक्दा कति मानिसले मृत्युवरण समेत गरेको उदाहारण हाम्रा सामु चुनौती वनिरहेको अवस्थामा यश क्लवले वित्तिय साक्षरता, पेशागत सुरक्षा र सामाजिक उत्तरदायीत्वमा काम गर्न सफल हुनेमा विश्वास लिएको वताए ।
कार्यक्रममा गरिमा विकास वैंकका क्लस्टर हेड लेखनाथ भट्टराई ले समाजमा वित्तिय जागरण ल्याउन आवश्यक रहेको वताए ।