हिमदुत २५ असोज ।
वालिङ नगरपालिका वाड नं १३ गाहाखोलामा अवैध तरिकाले वालुवा उत्खनन् गरेको भन्दै प्रहरीले एघारवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
आँधीखोला किनारबाट उक्त ट्याक्टरहरु बुधबार राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
अवैध रुपमा नदीजन्य पदार्थ वालुवा उत्खनन्, ओसार पसारमा संलग्न रहेको सुचनाका आधारमा नौ वटा भरी र दुई वटा खाली गरी ११ वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ग १ त ५९५१, ग १ त ५९४३, ग १ त ५९२४, लु १ त ७१५३, लु ४ त ६८७९, लु ४ त ४२६०, लु ४ त ६८८६, लु ३ त ५३०८, ग १ त ३३६९, ग १ त ५१०५ र ग १ त ६११० नियन्त्रणमा लिएको हो ।
स्थानीय सरकारको मातहतमा रहेको आँधीखोलाको वालुवा ढुंगा ठेक्का सम्झौता नभई उत्खनन् गरेकाले जरिमाना तिरेर मात्र टेक्टर छाडिने वताएका छन् ।