वालिङ- २३ भदौ । स्याङ्जाको वालिङमा प्रिमियर सेक्यूरिटिज कम्पनी लिमिटेड ब्रोकर नं ३२ को कार्यालय उद्घाटन गरिएको छ ।
लगानीकर्ताको अत्याधिक माग भएपछि केही समय अगाडि वालिङवाट सेवा प्रवाह गरेको स्टक ब्रोकर नं ३२ को शुक्रवार गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले उक्त कम्पनीको शाखा कार्यालयको विधिवत उद्घाटन गरेका छन् ।
कार्यालयको समद्घाटन गर्दै गण्डकी प्रदेश सांसद भोजराज अर्यालले नेपालमा २०४८ सालको निर्वाचन पछि निजी क्षेत्रलाई अगाडि बढाउने कामको थालनी भएको बताए। निजी क्षेत्रको स्थापनाले आर्थिक चलायमान गराएको भए पनि कतिपय ठाँउमा यसको प्रभाव नकारात्मक देखिएको वताए । अब निजि क्षेत्रले सम्भावना र आवश्यकताका आधारमा लगानी गर्न सुझाव समेत दिएका थिए ।
अहिले धितोपत्रमा लगानी गर्ने लगानी गर्ने लगानीकर्ता सरकारको र राष्ट्रवैकको नीति का कारण ठूलो लगानी गुमाउन वाध्य छन् तसर्थ सरकारले यसको वारेमा ठोस नीति ल्याएर लगानीकर्ताको मनोवल वढाउन आवश्यक रहेको वताए ।
कार्यक्रममा कम्पनीका सञ्चालक सन्तोष कुमार श्रेष्ठले वालिङमा स्थापित कार्यालयबाट शेयर कारोवारका साथै डिम्याट खाता सञ्चालन तथा घरमै बसेर पनि अनलाइन कारोवार गर्न सकिने जानकारी गराए ।