स्याङ्जा- भदौ २३ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्याङ्जाको कालीगण्डकी गाँउपालिका वाड नं २ स्थित कोटाकोटमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
बीमा सचेतना तथा जीवन बीमा कम्पनीहरूले पनि योगदान पुर्याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरूप आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी कालीगण्डकी गाँउपालिकाकी उपप्रमुख सावित्रा कोइरालाले विमा कम्पनी नाफामुखी नभई सेवामुखी हुनुपर्ने वताईन ।
मगर समाज हलमा सम्पन्न कार्यक्रममा कम्पनीका गण्डकी प्रदेश प्रमुख केशवराज ढकाल र वालिङ शाखा प्रमुख दुर्गादत्त पौडेलले बीमाको महत्त्व र आवश्यकताको बारेमा जानकारी गराएका थिए ।