स्याङ्जा- २२ भदौ । नेपाल पत्रकार महासंघ स्याङ्जाका सदस्य तथा चापाकोट एफ.एम.का प्रवन्धक रामु भट्टराईलाई पितृ शोक परेको छ ।
भट्टराईको ८५ बर्षको उमेरमा निधन भएको हो । लामो समयसम्म दम लगायतका रोगवाट ग्रसित उनको उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएका छन् ।
दिवंगत भट्टराईको आजै चापाकोट स्थित सीता घाटमा अन्त्यष्टी गरिएको छ । भट्टराईको पार्थिव शरिरमा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई र चापाकोट नगर प्रमुख देव वहादुर खाँणवाट नेपाली काँग्रेसको झण्डा ओडाएर अन्तिम विदाई गरेका थिए ।
उहाँका दुई श्रीमती,चार छोरा र ११ छोरी रहेका छन् । स्वर्गीय भट्टराईकी वुहारी फुलमाया भट्टराई पनि नेपाल पत्रकार महासंघकी साधारण सदस्य हुन् ।
यसैवीच पत्रकार महासंघ स्याङ्जाले शोक विज्ञप्ती प्रकाशित गरी स्वर्गीय भट्टराई प्रति भावपूर्ण श्रद्धान्जली प्रकाट गरेको छ । पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलद्वारा प्रकाशित विज्ञप्तीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।