हिमदुत- १७ भदौ । वालिङमा डेंगुको कारण मृत्युहुनेको संख्या २ पुगेको छ ।
डेंगु संक्रमण भएपछि उपचारका लागि पोखरा गएका एक विरामीको गएराति र गत साउन २४ गते पाल्पा स्थित मिसन अस्पतालमा १ जना वालिकाको उपचारको क्रममा मृत्यु भएको थियो ।
वालिङ नगरपालिका वडा नं. १३ पाठेखोला का ४४ बर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखरामा ज्यान गएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिए ।
वालिङमा हालसम्म ६ जना विरामीमा डेंगु पुष्टि भएको वालिङ स्थित गह्रौ प्राथामिक अस्पतालले जनाएको छ । डेंगु भाइरस वालिङमा देखिएपछि विरामीको वारेमा वुझ्दा वालिङमै लामखुट्टे र भाईरस रहेको हुनाले डेंगु वाट वच्न थप सतर्कता अपनाउन अस्पतालका प्रमुख डा.सुरज ढकालले जानकारी दिए ।
यस अघि गत साउन २४ गते वालिङ ११ गहते कि ११ महिनाकी वालिका उच्च ज्वरो निमोनियाको शंका देखेपछि तत्काल मिसन अस्पताल रिफर गरिएको थियो । उनको पनि उपचारकै क्रममा सोही दिन निधन भएको थियो । वालिकाको वालिङमा डेंगु परिक्षण गरिएको थिएन । उनको पाल्पा मिसन अस्पतालमा डेंगु पुष्टि भएको उनका आफन्तले जनाएका छन् ।