गल्याङ–१६ वैसाख ।
गल्याङ नगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले सन्चालन गरेको स्वास्थ्य शिविरमा २१ सय नागरिकले आँखा परिक्षण गरेका छन् ।
केही महिना अगाडि गल्याङ नगरपालिका भित्रका ११ वटा वडाहरुमा निःशुल्क बृहत स्वास्थ शिविर सञ्चालन गरको नगरपालिकाले यतिवेला नेपाल नेत्र ज्योति संघ हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र गल्याङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको पाँच ठाँउमा निःशुल्क आँखा जाँच,औषधि तथा चस्मा वितरण कार्य सम्पन्न गरेको छ ।
कार्यक्रमको समापन गर्दै गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले आर्थिक हिसाबले विपन्न जो औषधि उपचारका लागि अस्पताल सम्म पुग्न सक्ने र उपचार गराउने क्षमता छैनन उहाँहरुका लागि यस्ता शिविरवाट राहत महशुस गरेको धारणा व्यक्त गरे ।
केही महिना अगाडि बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र अहिले निःशुल्क आँखा शिबिर सन्चालनवाट नागरिकको स्वास्थ्यको पहुँच विस्तारको योजना अन्तर्गत रहेको वताउदै भट्टराईले आगामी दिनमा सामान्य देखि घातक रोगहरुको शिविर गाउँ,टोल टोलमा सञ्चालन गर्ने जानकारी दिए ।
नागरिक स्वास्थ्य भए व्यक्ति घरपरिवार र समाज स्वास्थ्य हुने र स्वच्छ नागरिकले समृद्व नगर निर्माणमा टेवा पु¥याउने भन्दै नगर प्रमुख भट्टराईले भने, ’आर्थिक अभाव भएका नागरिकलाई पनि स्वास्थ्य उपचारको पहुँच पु¥याउनु मेरो लक्ष्य हो ।“
५ दिन सम्म सन्चालन गरिएको शिविर गल्याङ भित्रका वडा नं.८, वडा नं.६, वडा नं.४ , वडा न. ११ र वडा नं.३ मा गरि ५ वडामा सञ्चालन भएको थियो । शिविरमा आँखा जाँच,औषधि तथा चस्मा निशुल्क वितरण गरिएको थियो । शिविरमा चस्मा आवश्यक पर्ने ६ सय विरामीलाई चस्मा र निःशुल्क औषधि समेत वितरण गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद ओलीले जानकारी दिए । कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।