गल्याङ, चैत्र २९ । गल्याङ जेसीजको आयोजनामा नयाँ वर्षको अवसर पारेर विहिवारदेखि रमाईलो मेला गर्ने भएको छ । गल्याङ जेसीजले विविध सामाजिक कार्यमा सहयोग गर्नका लागि आर्थिक संकलन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको आज गल्याङमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आर्थिक समृद्धीका लागि युवा अभियान भन्ने नाराका साथ मेलाको आयोजना गरिएको गल्याङ जेसीज वर्ष २०२२ का अध्यक्ष ऋषि वश्यालले जानकारी दिए ।
१० दिन सम्म चल्ने मेला भोली ३० गते विहिवारवाट सुरू हुने मेला वैशाख १० गते समापन हुने छ । मेलामा राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती, डान्स, रत्यौली र भजन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । साथै मनोरन्जनका लागि बाल उद्दान समेत सन्चालन गरिने जनाएका छन ।
समाजमा रहेका यूवाहरूको नेतृत्व र व्यक्तित्व क्षमता विकास गर्ने उद्देश्यले स्थापित ४० वर्ष भित्रका यूवाहरूको यो संस्थाले आयोजना गरिएको मेलाले समाजमा रहेका यूवाहरूलाई जेसीज प्रति आक्रषण गरि नेतृत्व र व्यक्तित्व विकासमा लगाउन मेला प्रभावकारी हुने विश्वास जेसीजको रहेको वश्यालले जानकारी गराए ।