स्याङ्जा ३१ साउन ।
नेपालकै पहिलो ग्रामिण पर्यटकीय सिरूवारीमा गुरूङ समुदायले मनाउने ट्होटे पर्व मनाईएको छ ।
प्रत्येक चैत र साउन महिनाको अन्तिम मंगलबार गुरुङ जातिले आफ्नो गाउँ ठाँउमा निस्केर यो पर्व मनाउदै आएका छन् । गुरुङ भाषामा ट्हो भनेको राज्य र टे भनेको धपाउने अर्थात राज्यबाट शत्रुलाई लखेटने भन्ने बुझिन्छ । शहरमा यसरी मनाए पनि गाउँघरमा भने भुतप्रेत भगाउने पर्वको रुपमा ट्होटे पर्वलाई मनाउने गरिएको स्गानीय उर्मिला गुरूङले जानकारी दिइन ।
पछिल्लो समयमा भने सबैतिर मुलुकमा शान्ति, विकृति विसंगतिको अन्त्य र भ्रष्टाचार विरुद्धको पर्वको रुपमा मनाउन थालेको पाइन्छ । विशेष गरी कास्की, लमजुङ, तनहुँ, स्याङजा, पर्वत, लगायतका जिल्लामा बस्ने गुरुङले आफनो ठुलो सांस्कृतिक चाड का रुपमा ट्होटे मनाउँछन् ।