ध्रुव शर्मा पंगेनी.
लोकतन्त्र भनेको आबधिक निर्वाचन मात्र होइन यो त विधिद्वारा स्थापित शासन पद्धति हो।लोकतन्त्रमा कानुनी राज्य हुन्छ, जनता सार्बभौम हुन्छन। जनता द्वारा निर्वाचित जनप्रतिनिधिहरु जनता प्रती पुर्ण जवाफदेही हुन्छन ।
जनताको अभिमतलाइ कुल्चेर शासन चलाउने अधिकार कसैलाइ हुन्न । शुसासन कायम गर्न अधिकार सम्पन्न स्वतन्त्र न्यायीक निकाय हुन्छ । सत्तामा रहेका ब्यक्तिहरु सधै दलिय र ब्यक्तिगत स्वार्थ भन्दा माथी हुन्छन । दलहरू भित्र आन्तरिक लोकतन्त्र मजबुत हुन्छ । राष्ट्रयिता र लोकतन्त्र प्रती दलहरु पुर्ण प्रतिबद्ध हुन्छन ।
राज्यका न्यायीक , प्रशासनिक र सुरक्षा निकायहरुमा राजनितिक हस्तक्षेप शून्य हुन्छ । शासन सत्तामा बसेका हरेक ब्यक्ती नैतिक कठाघरामा उभिएका हुन्छन सानो गल्ती पनि उनिहरुको लागि क्षेम्य हुंदैन । लोकतान्त्रिक शासन प्रणालीमा सबैजनाले आफुलाइ मालिक भएको महसुस गर्छन, यो व्यवस्थामा शासन गर्ने र शासित हुने भन्नेनै हुदैन ।
राज्य संचालनका हरेक कुरा पारदर्शी हुन्छ । जनप्रतिनिधिहरु इमान्दार, अनुशासित, आर्थिक लोभ नभएका र रास्ट्रभक्त हुन्छन । निर्वाचन बाट प्रप्त जनताको अभिमत अनुसार अल्पमतको पनि कदर गर्दै शासन सत्ता संचालन हुन्छ । संबैधानिक अंगहरु स्वतन्त्र , पारदर्शी र राजनितिक हस्तक्षेप मुक्त हुन्छन ।
त्यसैले भनिन्छ लोकतन्त्रमा सार्बभौमसत्ता जनतामा निहित हुन्छ । यी गुणहरुले युक्त रहेको शासन प्रणाली नै लोकतान्त्रिक शासन प्रणाली हो । हामिले अहिले अभ्यास गरिरहेको प्रणालीमा यी गुण छन कि छैनन पहिला मनन गरौं ।