स्याङ्जा,
स्याङ्जाका ग्रामिण क्षेत्रमा विद्युत वितरण गरेको अकोवारा सामुदायिक विद्युत उपभोक्ता समितीमा चरम वेथिती र अनियमितताको आरोप लगाउदै उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उजुरी दर्ता गरेका छन् ।
समितीले लामो समयदेखीको हिसाब किताव सार्वजनिक नगरेको, सार्वजनिक पद धारण गरेका जनप्रतिनिधी नेतृत्वमा रहेको, कागजी प्रकृयाको लागि अधिवेशन र साधारण् सभा गरेको, निर्माण कार्यमा कमसल खालका निर्माण सामाग्री खरिद गरिएको, लामो समय बत्ति जाने समस्या समाधान गर्न उपभोक्ताले आवाज उठाउदा वेवास्ता गरिएको लगायतका बिषय उल्लेख गरी छानविन गरि आवश्यक कारवाही गरिदिन जिल्ला प्रशासन कार्यालयलाई उपभोक्ताहरुले ज्ञापन पत्र वुझाएका छन् ।
स्थानीय डोलराज पोख्रेलको नेतृत्वमा गएको उपभोक्ताहरुको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मी समक्ष छाविनको उजुरी पेश गरेको पोख्रेलले जानकारी दिए । यी समस्या समाधान गरियोस भन्दै उपभोक्ता समितीलाई धेरै पटक ध्यानाकर्षण गर्द वेवास्ता गरेपछि जिल्ला प्रशासन मार्फत छनविनको माग राखेको समेत उनले जानकारी दिए ।
विगत १५ वर्ष अगाडी स्थापना भएको उक्ता सामुदाधिक विद्युत उपभोक्ता समिती अकोबराले पुतली बजारका केही वडा, विरुवा गाँउपालिका र हरिनाश गाँउपालिकामा विद्युत वितरण गर्दै आइरहेको छ । अकोबरा मार्फत विद्युत उपभोग गर्ने ३ हजार ५० उपभोक्ता रहेको संस्थाले विगत १२ वर्ष देखि उपभोक्तालाई नवोलाई साधारण सभा तथा अधिवेशन गरेको उपभोक्ताको आरोप छ । उपभोक्तालाई खवर नगरी कागजी प्रकृयाको अधिवेशन र साधारण सभा देखाइनु संस्थामा ठ्रलो आर्थिक चलखेल भएको हुनसक्ने उपभोक्ताहरुले आशंका गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर संस्था सञ्चालन गरिएको भएपनि अहिले सम्म प्रशासनमा झुटो विवरण बुझाएर नविकरण गरिएको बताइएको छ । यस बिषयमा तत्काल छानविन प्रक्रिया अगाडी बढाईने जिल्ला प्रशासन स्याङ्जाले जनाएको छ । यता संस्थाका कार्यालय प्रमुख डोलराज पौडेलले भने लामो समयदेखि अधिवेसन नभएको स्विकारेका छन् । साधरणसभा र अधिवेसन गर्ने भन्दाभन्दै कोरोना संक्रमण शुरु भएकाले अधिवेसन गर्न ढिलाई भएको पौडेलले बताए । संस्थामा आर्थिक अनियमितता नभएको दावी गर्दै पौडेलले संस्था संचालनमा कठिनाई नभएको बताए । भदौ महिनाभित्र संस्थाको अधिवेसन र साधरणसभा हुने निर्णय भएको उनले सुनाए ।