१५ बैशाख,स्याङ्जा —
स्थानीय निर्वाचन वैशाख ३० गते तोकिए सङ्गै अहिले विभिन्न दलहरू सकृय रुपमा घरदैलो कार्यक्रममा जुटेको पाइन्छ ।
त्यस्तै यता स्याङ्जाको वालिङ नगरपालिकामा पनि चुनावी रौनक व्यापक रुपपा बढेको छ । नेपाली काङ्ग्रेसबाट वालिङ नगरपालिका बाट नगरप्रमुख पदको उम्मेदवार दिलिप प्रताप खाण र नगर उप-प्रमुख पदको उम्मेदवार कविता तिवारी गैह्रे रहेकी छन।
यति बेला नेपाली काङ्ग्रेस वालिङ नगरपालिकाले आफ्नो चुनावी प्रचार प्रचार तथा भेटघाट कार्यक्रम पनि तिब्र रुपमा अघि बढाएको छ भने वालिङका स्थानिय जनता पनि काङ्ग्रेसका उम्मेदवार घर-घरमै भोट माग्न आउदा उत्साहित भएको पाइएको छ ।
नेपाली काङ्ग्रेसको उम्मेदवार घरदैलो कार्यक्रममा जादा स्थानिय जनताले काँग्रेसले मात्रै हाम्रो रक्षा गर्न सक्छ भन्दै स्वागत गरेको नेपाली काङ्ग्रेस वालिङका नगरसचिव राजु तिवारी बताउछ्न ।
गएको पाँच वर्षमा आफ्नो ठाउमा नेपाली काङ्ग्रेसले धेरै विकास निर्माणको काम गरेको भन्दै स्थानीयले उम्मेदवारहरुलाइ खुसी साथ आफ्नो गाउँठाउमा स्वागत गरेको कुरा नगर सचिव तिवारीले बताउछन ।