७ चैत्र,वालिङ– ट्र्याक्टरको पछाडी अनिवार्य रुपमा रिफ्ल्याक्ट लाइट राख्न वालिङ ट्राफिक कार्यलयले अनुरोध गरेको छ ।
वालिङमा गुड्ने सवारी साधन मध्ये ट्र्याक्टरको सङ्ख्या पछिल्लो समय बढ्दै गएको र यसबाट हुने सवारी दुर्घटना कम गर्न वालिङ ट्राफिक कार्यालयले ट्याक्टरहरुलाई अनिवार्य रिफ्ल्याक्ट लाइट राख्न सवारी धनी तथा चालकलाई आग्रह गरेको हो ।
पछिल्लो समय ट्याक्टरहरु दुर्घटनाको बढी जोखिममा रहेका बेला यस्तो नियमले दुर्घटना न्युनिकरणमा सघाउ पुग्ने अपेक्षा लिईएको ट्राफिक प्रहरी प्रमुख हरिजन बताउछन् ।
अन्य सवारी साधनमा जस्तो ब्रेक लगाउदा पछाडिको ब्रेक लाइट नदेखिने भएकाले ट्रयाकटरको पछाडी रिफ्ल्याक्ट लाइट राखी सवारी दुर्घटना कम गर्न यस्तो नियम लागू गरिएकोे वालिङका ट्राफिक प्रहरी प्रमुख कुल हरिजनले बताए ।