स्याङ्जा –नेपाली कांग्रेसले केन्द्रीय सदस्य प्रदिप पौडेललाई स्याङ्जामा जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर पठाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको पत्रमा नेता पौडेललाई ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उदेश्यलाई सफल बनाउन निर्देशन दिइएको छ ।
कांग्रेसलाई आगामी निर्वाचनमा जिताउन यो अभियानको थालनी गरिएको छ । कांग्रेसले फागुन २९ देखि वैशाख ३ गतेसम्म एक महिना अभियान सञ्चालन गर्नेछ ।
स्याङ्जा जिल्लाको प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडा कार्यसमिति लगायत पार्टीका सबै तह, भ्रातृ एवम् शुभेच्छुक संस्थालाई थप गतिशील र सक्रिय बनाउन नेता पौडेललाई निर्देशन दिइएको छ ।