काठमाडौं । ललितपुरमा जारी नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल भएको छ।
शुक्रबारबाट सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत तीन प्रस्तावमाथि छलफल गर्न १० वटा समूह गठन गरिएको छ।
बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल भइरहेको हो।
समूहगत छलफल पछि आजै पूर्ण बैठकमा समूहको निष्कर्ष सुनाइने छ। समूहको निष्कर्षपछि ओली, पोखरेल र पौडेलले समूहबाट उठेका प्रश्नको जवाफ दिए पछि आइतबार महाधिवेशन सकिने छ
देशभरबाट सहभागी भएका ६ हजार प्रतिनिधिका १० समूहलाई सहजिकरण गर्नका लागि सात प्रदेश, उपत्यका विशेष, केन्द्रीय निकाय, विभाग, प्रवास र जनसंगठनतर्फ २० जनालाई जिम्मा दिइएको छ ।