काठमाडौँ । नेकपा एमालेमा असन्तुष्ट उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका हुन् ।
नेकपा एकिकृत समाजवादीले आफ्नो विधानमा जनताको बहुदलीय जनवाद समावेश गर्न वामदेवको माग छ । , ‘म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थन भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु’ राजीनामा पत्रमा भनिएको छ ।
‘तपाईले गर्नु भएको कामहरुलाई पटक-पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईले आफूलाई सुधार गर्न सक्नुभएन । तर तपाईँ सुधि्रनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो । तपाईले आफ्नो स्वेच्छाचारी तथा सर्वसत्तवादी नीति र निर्णय गर्न राष्ट्रपतिलाई समेत दुरुपयोग गर्नुभयो’ गौतमले एमाले अध्यक्ष ओलीलाई भनेका छन् ।