काठमाडौं । पार्टी विभाजन भएपछि पहिलोपटक नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङको अनुसार बिहीबार मध्यान्ह १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ ।
उनकाअनुसार १० बुँदे सहमति कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे, पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यलाई कारबाही प्रक्रया अगाडि बढाउनेबारे आज केन्द्रीय कमिटीमा छलफल हुनेछ।