भोजराज अर्याल
स्थापनाकाल देखि नै देश मा भएका सम्पूर्ण परिवर्तनहरुको अत्यन्त महत्वपूर्ण नेतृत्व प्रदान गरेको पार्टी नेपाली काँग्रेसको गठन २००३ सालमा नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेस नामका दुई पार्टीहरुको जन्म भएको थियो । दुवै पार्टीहरूको सिद्धान्त नीति कार्यक्रम लक्ष्यहरु एउटै उद्देश्य प्राप्तिका लागि भएकाले दुवै शक्तिहरु मिलेर संयुक्तरुपमा अगाडि बढ्दा १०० वर्ष भन्दा बढी समय देखि नेपाली जनताको शोषण उत्पीडन गरी रहेको जहानिया राणा शासनको अत्य गर्ने संयुक्त उद्देश्यका साथ २००६ सालमा दुई पार्टी एकीकरण भएर नेपाली काँग्रेस नामको पार्टी गठन गरिएको थियो ।
यी दुई पार्टीको एकीकरणको लगत्तै २००७ सालमा भएको सशस्त्र क्रान्तीको नेतृत्व एकल रुपमै नेपाली काँग्रेसले गरेको थियो । स्मरण रहोस २००७ को क्रान्तिमा नेपाली कम्युनिष्टको संलग्नता संस्थागत रुपमा थिएन । पछि राणा काँग्रेसको सम्झौता पछि सम्झौता धोका हो भनेर उनीहरूको विरोध गरेका थिए । २००७ को क्रान्तिपछि नेपाली काँग्रेसले संविधान सभाद्वारा संविधान निर्माण गरिनुपर्छ भन्ने माग राख्दै दवाव दिंदै आइरहेकोमा नेपाली कम्युनिष्टहरुले यसमा पनि राजालाई साथ दिएका थिए ।
राजाद्वारा प्रदत्त संविधान अन्र्तगत भएको २०१५ सालको प्रथम आम निर्वाचनमा नेपाली काँग्रेसले १ सय ९ सिट मध्ये ७४ सिटका साथ दुई तिहाई सिट प्राप्त गरी नेपालीको इतिहासमा प्रथम पटक साधारण नेपाली जनताको छोराछोरीलाई देशको शासन गर्ने हैसियत नेपाली काँग्रेसले नै प्रदान गराएको हो । वि.पि. कोइरालाको नेतृत्वमा बनेको प्रजातान्त्रिक सरकारमा महिला दलित, जनजाति, हिमाल, पहाड, तराई सबै तह तरका र क्षेत्रको उत्साहनजनक सहभागीताका साथ, समावेशी, सभानुपातिक सहअस्तीत्वपूर्ण सरकार निर्माण गरी छोटो समयमा अत्यन्त महत्वपूर्ण परिवर्तनहरू गर्दै आधुनिक नेपालीको एउटा मार्गचित्र निर्माण गरेका थियौ । पुरातनवादी सामन्तहरू अत्यन्त बोलबाला रहेको राणा कालीन युगको अन्त गर्दै आधुनिक युगमा पदार्पणको लागी अत्यन्त गौरवमय
काम गर्दा गर्दै अल्प समयमै प्रथम जननिर्वाचित सरकारलाई अपदस्त गरियो ज्ञातव्य रहोस् उक्त ०१७ सालको पुष १ गतेको घटनामा पनि नेपाली कम्युनिष्टले राजा महेन्द्रलाई साथ दिएका थिए उक्त दिन दिपावली गरेका थिए ।
जननिर्वाचित सकारका प्रधानमन्त्री तथा नेपाली राजनीतिका आदर्श पुरुष वि.पि.कोइराला र उक्त घटनासँग असहमत सबै नेता कार्यकर्ताहरूले जेल हालीयो दल माथी प्रतिबन्ध लगाइयो ।
नेपाली काँग्रेसले उक्त घटनाको तिव्र विरोध गर्दै पुन आन्दोलनको घोषणा ग¥यो । वि.पि, गणेश मानजी, कृष्णप्रसाद भट्टराई लगायत काँग्रेसका वरिष्ठ नेता सबै जेल परे सुवर्ण सम्सेर कारणवस बाहिर रहेकाले उनैले ०१८ सालमा पुन सशस्त्र विद्रोहको आव्हान गरे । धेरै नै धनजनको क्षति पार्टीले व्येहोर्नुको बावजुद विद्रोह सफल हुन सकेन, पछि सुवर्ण सम्शेरले राजासँग सम्झौताको विज्ञप्ति निकाले ।
उता वि.पि. लगायत काँग्रेसका धेरै नेता कार्यकर्ता यता जेलमा थिए या प्रवासमा सुवर्ण शम्सेरको विज्ञप्ती हो या सम्झौता कै पृष्ठभूमिमा टेकेर २५ सालमा वि.पि.लगायत गणेशमानजीहरु जेल मुक्त भए । तर किशुनजी निष्कन मानेनन् उनी जेलमै पछिसम्म बसे । वि.पी. बाहिर आइसके पछि परिस्थिति अझ असहज बनाउन थाल्यो पञ्चायत व्यवस्थाले वि.पी. लाई भौतिक रुपमै सिध्याउने
षडयन्त्र हुन थाले पछि वि.पी. अनौपचारिक रुपमा भारत प्रवाशमा गए तर वि.पि. ले भारतसँग औपचारिक रुपमा त्यहाँ रहने अनुमति लिएनन् । पछि वि.पी.ले पुन सशस्त्र संघर्षको घोषणा गरे त्यस अनुसार नेपाली काँग्रेसले सशस्त्र सघर्ष ग¥यो धेरै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूले शाहदत प्राप्त गरे कतिलाई पञ्चायतले मृत्युदण्ड दियो स्वयं वि.पीं कोइराला विरुद्ध आठ वटा जघन्य प्रकृतिका मुद्धा लगाइयो वि.पि. लाई मृत्यूदण्ड दिनुपर्छ भन्ने राज्य नियन्त्रित अभियान चलाइयो जुन अहिले काँग्रेसमा राम्रै हैसियत बनाएकाहरूले समेत वि.पि.लाई मृत्यूदण्ड दिनुपर्छ भनेर सहीछाप गरेका थिए ।
यसैबीच भारतमा प्रवास बस्दै गर्दा भारतीय प्रधानमन्त्री इन्दीरा गान्धीसँग असमजदारीहरु बढ्दै जानु सशस्त्र संघर्षमा सफलता प्राप्त नहुनु र दक्षिण एसियामा भारतीय प्रभाव बढ्दै जानु जसको कारण नेपाल माथी पनि कुनै न कुनै कारण बनाई भारतीय हस्तक्षेपको संभावना वढ्न सक्ने देखेर वि.पि.ले मेलमिलापको नीति लिएर स्वदेश फिर्ता जाने निर्णय लिए । यसमा गणेशमान लगायत अन्य नेताले सुरुमा असहमती राखेका थिए । अन्तत सबैलाई भने, देशै रहेन भने प्रजातन्त्र के का लागि पहिला देशको स्वतन्त्रता त्यसपछि अधिकार भनेर वि.पि. २०३३ पौष १६ गते आठ वर्ष लामो प्रवास लाई अन्त्य गर्दै स्वदेश फिर्ता भए । तर तत्कालीन पञ्चायती शासकहरुको अभद्र व्यवहारका बावजुद नेपाल भित्रको राजनीति वातावरणमा केही खुकुलोपन बढ्दै जान थाल्यो यसै क्रममा २०३६
को विद्यार्थी आन्दोलन बढ्दै गएर जनमत संग्रहको घोषणा गर्न राजा बाध्य भए ।
पञ्चायत या बहुदलिय व्यवस्था भन्ने विकल्पमा जनमत भयो । पञ्चहरुले राज्यकोषको खोलो बगायर पञ्चायतलाई जिताए । संयोग यो जनमत संग्रहमा पनि कम्यूनिष्टको सबैभन्दा ठूलो घटक तत्कालिन माले त्यस पछिको एमाले अहिलेको ने.क.पा. ले जनमत संग्रहमा पहेलो लाई अर्थात निर्दललाई सघाएको थियो । पञ्चायतले जित्यो वि.पि.ले जनमत लाई स्वीकार गरे ।
प्रतिबन्धित लेखेर पार्टीका गतिविधि सन्चालन गर्न थालियो । २०३९ श्रावण ६ गते वि.पी. को देहावसान पछि नेतृत्वमा आएको परिवर्तन सँगै वि.पि.ले कम्यूनिष्ट सँगको सहकार्यलाई अस्वीकार्य गर्दै आएका थिए । भने उनी पछिको नेतृत्वले कम्यूनिष्ट सँगको सहकार्यमा २०४६ सालमा नेपाली काँग्रेसको नेतृत्वमा संयुक्त जनआन्दोलन भयो । वामपन्थीहरूको गठबन्धन बाम मोर्चा सहभागी भयो । इतिहासमा पहिलो पटक नेपाली कम्यूनिष्ट जनताको पक्षमा देखिए अन्यथा हरेक आन्दोलनमा नेपथ्यमा बसेर अवसर ताक्ने गर्दथ्ये ।
२०४७ मा नेपाली काँग्रेसकै नेतृत्वमा एक वर्ष भन्दा कम समयमा अपेक्षाकृत उत्कृष्ठ संविधान बनेको थियो । सोही संविधानको तागतमा भएको २०४८ सालको निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमत प्राप्त भयो । एक महिना नपुग्दै सरकार ढाल्ने आन्दोलन राजधानीका सडकहरुमा नारावाजी, सार्वजनिक सम्पत्ति तहसनहस भए सकेन् सम्झौता भयो । सरकारले परिवर्तनको अनुभूति दिने गरी कार्य प्रारम्भ गर्दै थियो । पार्टी भित्र दुशासनहरू जन्मे सरकारको नीति र कार्यक्रम पार्टी भित्रमै बिभाजन भयो । चवत्तरे र छत्तिसे मा परिणत भयो । चवत्तरे को नेतृत्व तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले छत्तिसेको नेतृत्व पर्दा पछाडिबाट पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले गरे । विवाद बढ्दै जाँदा बहुमत प्राप्त सरकार हुँदाहुँदै मध्यावधी निर्वाचनको घोषणा गरियो । यथार्थमा पार्टीमा जुन विवादको सुरुवात भयो यसको प्रमुख कारण सरकारमा सहभागी केही मानिसहरुको भ्रष्ट्राचार जन्य क्रियाकलापको प्रमुख कारण थियो ।
इतिहासमा ०४८ देखि मध्यावधि निर्वाचन पूर्वको अवधिमा भए गरेका कार्यकै कारण मुलुक अहिले
सम्म त्यही नीति र कार्यक्रमका आधारमा चलेको छ । शिक्षा, सञ्चार, यातायात, स्वास्थ्य, जलश्रोत आदि क्षेत्रमा उल्लेख्य प्रगती मुलुकले गरेको छ । काँग्रेस भित्रको किचलोको कारण २०४७ सालको उत्कृष्ठ संविधान मारमा प¥यो । यथार्थमा त्यो संविधान त्यति चाँडो खारेज गर्नु पर्ने थिएन् । विवादहरू बढ्दै गए पार्टी भित्र एकले अर्को समूहलाई दुष्मन देख्ने प्रकृति बढ्दै गयो । स्वार्थी समूह पार्टीमा हावीहुँदै गयो । यसको प्रभाव पार्टी विभाजन सम्मको अवस्था आयो र आफ्नो पार्टीको नेतालाई कसाईको संज्ञा दिदै न्याय नपाए गोर्खा जानु भन्थ्ये मलाई पनि गोर्खाली राजाका सन्तानबाट न्याय प्राप्त भयो भन्दै पार्टी विभाजन गरेको एक वर्ष नपुग्दै राजाले अयोग्य घोषित गर्दै दुई पटकसम्म सत्ताच्यूत गरेपछि पार्टी विभाजनको औचित्य पुष्टी गर्न नसकी पुन ः माउ पार्टीमा समावेश भई एउटा स्वर्थी समूह खडा गरी पार्टीलाई वैचारिक दृष्टिबाट स्खलित गराई पार्टीमा ठेकेदार, जग्गा दलाल, माफिया, तस्करहरुको चंगुलमा पार्टीलाई चुर्लुम्म डुवाई पार्टीका धरोहरहरूको वालिदानबाट बनेको गौरवशाली इतिहास समाप्त पारियो ।
नेपाली कांग्रेसको नेतृत्वमा भएका सम्पूर्ण परिवर्तन र पछिल्लो घटनाक्रममा पनि पहिलो संविधान सभामा वामपन्थीहरूको बहुमत र चारजना वामपन्थी प्रधानमन्त्रीले नसकेको संविधान निर्माण कार्यलाई दोश्रो संविधान सभामा पार्टीलाई पहिलो पार्टी बनाई स्व. सदाचारी नेता सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण गरियो । काँग्रेसलाई पछिल्लो संविधान सभावाट संविधान निर्माण गरी लागू गर्नुमा अर्को सफलता प्राप्त भयो । तर, विडम्बना सुशील कोइराला जो वर्तमान संविधानका पिता थिए, यो संविधान सफल कार्यान्वयन गराउन नपाउदै परलोक हुन पुगे । त्यसपछि तेह्रौ महाधिवेशनबाट नेतृत्वमा पुगेका वर्तमान पार्टी सभापती शेरबहादुर देउवा आफैमा सोझो प्रवृतिका मानिस तर उनको पछाडि जुन झुण्डले उनलाई घेरेको छ, त्यो झुण्ड चाँही पार्टीमा राजनीति स्वार्थी भ्रष्ट, तस्कार निर्वाचनमा टिकट बेच्ने सम्मका कृयाकलाप गर्नेहरुले अहिले पार्टी कब्जा गरेका छन् । योगदान गरेका पुराना नेता कार्यकर्ताहरुलाई किनारा लगाई तिनै भ्रष्ट्र माफिया तस्करहरुको हाली मुहाली गराउने काम उनीहरुले गरिरहेका छन् । त्यसमा सभापतिको भूमिका मुकदर्शक को जस्तो या उनीहरुले गरेका क्रियाकलापमा समर्थन जनाउने खालको रह्यो ।
नेपाली काँग्रेसको विधान अनुरुप कार्यकर्ताको मूल्यांङ्ककन पद्धति आधार बिहिन छ । यसैले दलाल ,गुण्डा ,चम्चा र नेतृत्वका झूण्डहरु मौलाउने यथेष्ठ ठाँउ विधानले दिएको छ । यस कारण संगठन सुदृढिकरण भन्दा पनि सम्बन्ध सुदृढिकरणको लागि मान्छे बढि सक्रिय रह्यो । स्थानीय जनताको हरेक दुख सुखमा सहभागी नेता भन्दा नेतृत्वको दलाल र चाप्लुसीमा निर्भर रहनेले विभिन्न अबसरहरु प्राप्त गरिरहेका छन । यसैले कर्मनिष्ठ कार्यकर्तामा हिनताबोध सिर्जना भएको छ।
देशमा वामपन्थीहरूको दुई तिहाईको सरकार छ । वामपन्थीहरु देशमा संस्थागत रुपमा भ्रष्ट्राचार गरीरहेको सरकारले विस्तारै नागरिकका अधिकारहरुमा आंकुश लगाउने प्रेस स्वतन्त्रतामा नियन्त्रण गर्ने जमिन लाई वर्गिकरण गरि पार्टीका कार्यकर्तामा बाड्ने मानव अधिकार, न्यायपालिका जस्ता स्वतन्त्र निकायहरुलाई नियन्त्रणमा लिने, र सबै तहमा कम्यूूनिष्टकरण गर्नमा उद्दत देखिन्छ । अर्कोतिर देशमा लामो समय सम्मको राजनीतिक लडाई पुरा गरी नेपाली काँग्रेसको नेतृत्वमा शान्ति र संविधान जारी भयो । अब मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत नयाँ कोशमा अगाडि बढ्ने तयारीतर्फ अग्रसर हुँदै छ । इतिहासले दिएको जिम्मेबारी पूरा गर्न पनि यति बेला नेपाली काँग्रेसको सरकार हुन आवश्यक थियो । नेपालमा भएका कुनै पनि परिवतर्नको नेतृत्व कम्यूनिष्टले गरेको छैन, गर्न पनि सक्दैन किन भने २१ औं शताब्दीका उपलव्धी कम्यूनिष्टको हुनै सक्दैन यो लोकतन्त्रको र उदारवादीहरुको प्रजातान्त्रिक समाजवादीहरुको हो । कम्युनिष्टहरु प्रति पूर्वाग्रह राखी
कुनै आरोप नलगाइकन भन्दा पनि उनीहरुले कही पनि जनता प्रति इमान्दार भएर काम गरेको रेकर्ड नै छ । ९० को दशक अघि लगभग आधा विश्वमा कम्यूनिष्टहरु शासन थियो । उनीहरु भ्रमको खेती गर्न महिर हुन्छन भन्ने पुष्टी भइसकेको छ ।
पार्टीको आडमा भ्रष्ट्राचार गर्दछन् । काँग्रेस भष्ट्राचारीलाई संरक्षण गर्दैन, व्यक्तिले भ्रष्ट्राचार गर्छ तर कम्यूनिष्ट पार्टीमा संस्थागत भष्ट्राचार हुन्छ । यो अवस्थामा आज नेपाली काँग्रेस सातै प्रदेशमा कमजोर उपस्थिती छ । भएकाहरु पनि चाकडी चापलुसी आसे पासे नेताको घरमा काम गर्ने सम्मका मानिसहरु संसद वन्न पुगेका छन् । त्यस्ता प्रतिनिधिद्वारा प्रभावकारी भूमिका निर्वाह हुने कुरै भएन आर्थिक क्रान्तिको नेतृत्व गर्ने बेलामा वर्तमान नेतृत्व चुक्यो । अझ पनि नेतृत्वले वुझेको छैन मानिसबाट गल्तीहरू हुन्छन् गल्ती स्वीकार गरेर त्यसलाई सच्यार अगाडी वढ्नुको सट्टा बहुमतको दम्भ देखाउदै पार्टीमा गतिविधि सन्चालन गरिरहेका छन् ।
खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस्,रोगीले औषधी मूलो पाओस्,केटा केटी पढ्न पाउन भनेर नै हामी राजनीतिमा लागेका हौं ,मन्त्री हौंला ,ठूला ठूला कुर्सीमा वसौला सबैको नमस्कार खाँउला भनेर राजनीतिमा लागेका हैनौं ’’महानसोंच भएका वि पि कोइराला ले जन्माएको पार्टीका नेताले एक पटक आफ्नो छातीमा हात राखेर सोंच्नु पर्ने वेला आएको छ ।के हामी साँच्चिकै वि पि को समाजवाद तर्फ उन्मुख छौ ?
त्यसकारण अब नेपाली काँग्रेसलाई फेरि पुरानो अवस्थाको पार्टी बनाउने हो भने अब यी पुरानो कार्यकर्ता र जनतावाट टेस्ट भैसकेका नेताहरु अभिभावकको रुपमा रहेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरेर नयाँ शिरावाट संगठन निर्माण गर्न जरुरी छ । लोकतान्त्रिक पार्टी जसको आन्तरिक लोकतन्त्र अत्यान्त कमजोर छ । आन्तरिक प्रतिस्पर्धामा नेताहरु त्रसित हुने प्रवृतिले पनि संगठन कमजोर भइरहेको छ । लेखक ः नेपाली काँग्रेसका महासमिती सदस्य हुन