लकडाउन अनिश्चित हुन थालेपछि वालिङ स्थित नेपाल आदर्श उच्च माध्यमिक विद्यालयले आफ्ना एसईई परिक्षा दिने विद्यार्थीलाई घरवाटै अनलाईन तयारी कक्षा सन्चालन गरेको छ ।
अनलाईन कक्षाका लागि जुम प्रविधिको एप्सवाट कक्षा सन्चालन सुरु गरेको नेपाल आर्दर्शका प्रिन्सिपल होमकान्त गौतमले जानकारी दिए । विद्यालयले शिक्षकहरुलाई ल्यापटप र डिजिटल वोर्ड उपलव्ध गराएका छौ शिक्षकहरुले घरवाटै सबै विद्यार्थीहरुलाई अनलाईनवाट कक्षा सन्चालन गरिरहेको प्रिन्सिपल गौतमले जानकारी दिए ।
कोरना भाइरसको संक्रमणका कारण सरकारले परिक्षा अर्को सूचना नआउन्जेल सम्मका लागि स्थगित गरेपछि परीक्षामा तयारी भएर बसेका विद्यार्थीहरु अन्यौलमा परेका छन् । विद्यालयले सबै विद्यार्थीको अभिभावकलाई सम्पर्क गरेर अनलाईन शिक्षाका लागि आफ्ना नानी बाबुलाई तयारी रहन भनिएको थियो । सोही अनुरुप बुधवारवाट आवश्यकता अनुसारका विषय शिक्षकहरुवाट विद्यार्थीलाई तयारी गराइरहेको विद्यालयले जनाएको छ ।
नेपाल आदर्शले अनलाईनवाट तयारी कक्षा सुरु गरेपछि वालिङमा रहेका अन्य विद्यालयले पनि यो प्रविधिवाट विद्यार्थीलाई तयारी कक्षा सन्चालन गर्न छलफल सुरु गरेका छन् ।