स्याङ्जा २४, चैत्र । मुलुक यतिवेला लक डाउनमा छ । दुई हप्ता लामो लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने तथा अति विपन्न परिवारमा खाद्यान्न संकट हुन थालेको छ ।
विश्वका कयौं विकशित राष्ट्रहरुमा कोरोनाको प्रकोपका कारण स्थिती भयावह भइरहँदा नेपाल सरकारले जारी गरेको लकडाउनलाई निरन्तरता दिई कोरोना संक्रमणलाई फैलिन नदिन सावधानी अपनाउन छलफल चलाईरहेको छ ।
यस्तो अवस्थामा तिनै तहका सरकारहरु देशभित्र आइपर्ने संकट समाधानका उपायहरु खोज्दै गइरहेको अवस्थामा कतिपय स्थानीय सरकारहरु नागरिकलाई खाद्यान्न अभाव हुन नदिन र भएकालाई राहत वितरण गरिरहेका छन् । भने स्थानीय तहहरुले राहत कोष स्थापना गरी विभिन्न संघ संस्था र व्यक्तिहरुवाट राहत संकलन कार्य जारी राखेका छन् ।
यही अवस्थामा भीरकोट नगरपालिकामा पनि नगरपालिकाले राहत संकलन गरेको छ । आँधिखोला पिस युथ क्लब बयारघारीले स्थानीय सरकारलाई विपतका वेला सघाउनुपर्छ भन्दै अतिविपन्न परिवार र ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्ने परिवारका लागि सहयोग पुगोस भन्दै खाद्यान्न सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेको क्लवका अध्यक्ष राजकुमार गुरुङले बताए ।
दैनिक ज्याल मजदुरी गर्ने परिवारका लागि लकडाउनले पारेको प्रभावलाई मध्यनजर गर्दै क्लबले नेपाल सरकारको निर्देशन अनुरुप नगरपालिकामा हस्तान्तरण गरेका हौँ गुरुङले बताए । खाद्यान्न सामाग्री वितरण गर्ने क्लबको योजनामा साथ दिदै देश तथा विदेशमा रहनु हुनेले समेत आर्थिक सहयोग गरेको उल्लेख गर्दै विपतका वेला सरकारलाई सघाउनु हामी नागरिकको कर्तव्य भएको वताए ।
राहत सामाग्री ग्रहण गर्दै नगरप्रमुख छायाँराम खनाल र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेलले उक्त सामाग्री यथाशिघ्र सम्बन्धित परीवारलाइ वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्लबले प्रत्येक परिवारको लागि १० किलो चामल, १ किलो नुन र १ किलो दाल गरि ५० परिवारका लागि खाद्यान्न सामाग्री हस्तान्त्रण गरेको छ ।