फाइल तस्वीर
काठमाण्डौ, २४ चैत्र ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेशसँग समन्वयको जिम्मा भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याललाई दिईएको छ ।
आज बसेको मन्त्रीपरिषदको बैठकले कोरोना नियन्त्रण तथा रोकथामका लागि ब्यवस्थित बनाउन मन्त्री अर्याललाई गण्डकी प्रदेशको नेपाल सरकारसँगको समन्वयको जिम्मेवारी तोकिएको हो ।
स्याङ्जा क्षेत्र नम्वर २ की सांसद समेत रहेकी मन्त्री अर्याललाई जिम्मेवारी तोकिएको नेपाल सरकारका प्रवक्ता युवराज खतिवाडाले जानकारी दिए ।