काठमाण्डौ, २२ चैत्र ।
भारतबाट फर्किएका दुई जनामा र पहिले संक्रमित भएकाको आफन्तमा समेत गरी तिन जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ।
यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित महिला चौथो संक्रमित व्यक्तिका भाउजू हुन्। संक्रमित व्यक्ति युएईबाट नेपाल आएका थिए। स्वास्थ्य मन्त्रालयले आज थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि गरेको छ।