‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ क र वालिङ नगर समितिद्वारा रु ४२,६५०।– वालिङ नगर प्रमुख दिलिप प्रताप खाँण मार्फत कोषमा हस्तान्तरण गर्दै । हस्तान्तरण समारोहमा क्षेत्रीय सभापती अर्जुनप्रकाश अर्याल सहितका नेता तथा कार्यकताहरु ।
वालिङ, २१ चैत्र ।
कोरोना संक्रमणको सम्भावित जोखिमवाट बच्न वालिङ नगरपालिकाले आफ्नो स्थानीय तहमा छुट्टै राहत कोष स्थापना गरेको छ । वालिङ कोभिड १९ राहत कोषको नाममा नगरपालिकाले समिति निर्माण गरेर राहत संकलन कार्य गरिरहेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना कोभिड १९ संक्रमणको उच्च जोखिममा रहेको नेपाललाई सरकारले भण्डै दुई हप्ता अघि देखि लक डाउन गरी सर्वसाधारणलाई रोगवाट बच्नका लागि घर भित्रै बस्न लगाए पछि दैनिक ज्लालादारी, मजदुरी गर्ने र अति विपन्न परिवारमा भोकमरीको अर्को संकट उत्पन्न हुन सक्ने भन्दै वालिङ नगरपालिले नगर प्रमुख दिलिप प्रताप खाँणको संयोजकत्वमा उक्त राहत कोष स्थापना गरेर राहत संकलन गरिरहेको नगरपालिकाले जनाएको छ ।
‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङ जेसीजले रु. ७६,५००।– र रु.५४,०००।– बराबरको खाद्यान्न गरी कूल १,३०,५००।–सहयोग नगर प्रमुख दिलिप प्रताप खाँण मार्फत कोषमा हस्तान्तरण गर्दै ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
कोरनावाट प्रभावित परिवारहरुलाई सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिएको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले बताए । काम गर्ने ईच्छा शक्ति भएमा स्रोत र साधनको अभाव नहुने वताउदै नगर प्रमुख खाँणले विपतका वेला स्थानीय सरकारलाई जनताको अपेक्षाकृत सहयोग प्राप्त भइरहेको वताएका छन् ।
राहत कोषमा बुधबार र बिहीबार अवेर सम्म नगद तथा खाद्यान्न गरी कूल ४ लाख ५८ हजार ६ सय २२ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ । संघ संस्था तथा ब्यक्तिले आँफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने संभावना हुने र कसैले पाउँदै नपाउने संभावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने ईच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने ब्यवस्था मिलाईएको नगर प्रमुख खाँणले जानकारी दिए ।
दियालोले ३ लाख राहत सहयोग
दियालो गैह्रसरकारी संस्थाले बृद्धाश्रम सहित स्याङ्जाका ११ वटै स्थानीयतहलाई ३ लाख राहत स्वरुप प्रदान । विहिवार वालिङ नगरपालिकामा आयोजित एक कार्यक्रमका विच रकम हस्तान्तरण गरिएको हो ।
संस्थाले वालिङ नगरपालिकाको कोरोना रोकथाम तथा राहत कोषमा १ लाख ५० हजार प्रदान गरेको छ भने जिल्लाका अन्य पालिकाहरुलाई रु ५ हजारका दरले रु ५० हजार प्रदान गरेको हो । त्यस्तै शिवपार्वती बहुउद्देश्यीय बृद्धाश्रम रामनदी धाम राम्दीका लागि रु १ लाख प्रदान गरेको संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिइन् ।
नगरप्रमुख दिलिप प्रताप खाँणलाई दियालो संस्थाका अध्यक्ष तिवारीले नगद रु १ लाख ५० हजार हस्तान्तरण गरेकी छन् भने बृद्धाश्रमका उपाध्यक्ष अर्जुन खनाल, सचिव नेत्र प्रसाद सुवेदी तथा सदस्य चेतनारायण श्रेष्ठलाई अध्यक्ष तिवारीले नगद रु १ लाख हस्तान्तरण गरेकी छन् । यसैगरी स्याङ्जाका अन्य १० स्थानीयतहको राहत कोषका लागि रु ५० हजार पठाईएको छ । प्रत्येक पालिकालाई रु ५ हजारका दरले प्रदान गर्ने गरि दियालो युएसएआईडिका कार्यक्रम प्रमुख ओमसुव गुरुङलाई नगद प्रदान गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख दिलिप प्रताप खाँणले दियालो संस्थाले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गदै नगरपालिकामा राहत वितरणमा संस्थालाई समेत बोलाईने र अतिआवश्यकताका आधारमा राहत प्रदान गरिने जानकारी दिए ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कोरोनाका कारण देश नै लकडाउनमा रहेको र अतिविपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै आफूहरुले नगद सहयोग गरेको बताइन् । त्यस्तै रामनदीधामको बृद्धाश्रममा बस्ने बृद्धबृद्धाहरुका यो अवस्थामा खाद्यान्न समस्या भइरहेकाले आफूहरुले सहयोग गरेको बताइन् ।
राहत आउने क्रम जारी छ
वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ नगरपालिका कोभिड १९ राहत कोषमा वालिङ फुटबल युनाइटेडले रू १५००० सहयोग नगर प्रमुख दिलिप प्रताप खाँण मार्फत कोषमा हस्तान्तरण गर्दै ।
वालिङ नगरपालिका वडा नं १४ निबासी हाल पोर्चुगल रहनु हुने नेविसंघ पोर्चुगल जनसर्म्पक समिति सभापती अर्जुन अर्यालले राहत कोष खातामा रकम रु १२,७०० जम्मा गरेका छन् ।
‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङ मुस्लिम समाजद्वारा ३०,०००।– सहयोग नगर प्रमुख दिलिप प्रताप खाँण मार्फत कोषमा हस्तान्तरण गर्दै ।
‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङ ९ क्याम्पसरोड निवासी लोकप्रसाद शर्मा गैह्रेले ५००५।– सहयोग नगर प्रमुख दिलिप प्रताप खाँण मार्फत कोषमा हस्तान्तरण गर्दै ।