स्याङ्जा, १६ चैत्र ।
गण्डकी प्रदेश साँसद भागवत प्रकाश मल्लले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले निम्त्याएको संकटको सामाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गरेका छन् ।
उनका अनुसार विश्वव्यापी समस्याको रुपमा रहेको कोरोना भाइरसको संकट सामाधान गर्न स्वास्थ्य निर्देशिकाको अनिवार्य रुपमा पालना गर्नु अहिलेको मुख्य दायित्व रहेको भन्दै मल्लले सबै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गरेका छन् ।
संक्रमणवाट जोगिन प्रत्येक नागरिक आफैले पनि उच्च सावधानी अपनाउन, अनावश्यक हिडहुल नगर्न, भेटघाट तथा सम्पर्क नगर्न, भिडभाड तथा वजारमा नजान र स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्वन गर्न र सरकारले गरेको लक डाउनलाई पूर्णरुपमा पालना गर्न साँसद मल्लले आग्रह गरेका छन्।
कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय सरकार गम्भिरताका साथ लागिरहेकोले आम नागरिकलाई अत्यावश्यक वस्तु तथा स्वास्थ्य सम्वन्धी समस्यामा असुविधा नहोस भनी स्थानीय प्रशासन संग सहकार्य भइरहेको र हाल विदेशवाट फर्किएर क्वारेन्टाईनमा रहेका दाजुभाईको स्वास्थ्यलाभको को समेत कामना गरेका छन् ।