क्लवका अध्यक्ष राजकुमार गुरुङको नेतृत्वमा भीरकोट नगरपालिका क्षेत्र भित्र रहेका स्थानीयको घर घरमा र टोलमा पुगी कोरोना भाइरस सर्ने तरिका र यस बाट बच्ने उपायका बारे जानकारी दिन थालेका हुन्।
भारतलगायत बैदेशिक रोजगारबाट तेश्रो मुलुक भएर आएका व्यक्तिहरुलाई घरमै अलग्गै रुपमा क्वारेन्टाइनमा राख्न सल्लाह दिदैं कोरोना संक्रमणवाट बच्नका लागि नियमित हात धुन, भिडभाडमा नजान, अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र कोरोना भाइरस संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको क्लवका अध्यक्ष राजकुमार गुरुङले बताए ।
एक मानवदेखि अर्को मानवको सम्पर्कले मात्रै कोरोनाको भाइरस सर्ने भएकाले घरमै बस्दा समेत सामाजिक दूरी कायम गर्नुपर्ने र सकभर घर भन्दा बाहिर हिडडुल नगर्न सल्लाह दिइने गरेको उनले बताए। क्लवले सचेतना अभियानसँगै स्यानिटाइजर, सावुन र मास्क वितरण गरिएको समेत उनले जानकारी दिए ।