स्याङ्जा, १६ चैत्र ।
नेपाली काँग्रेस स्याङ्जाका नेता सूर्यप्रसाद रेग्मीको निधन भएको छ । उच्च रक्तचापका विरामी रहेका रेग्मीलाई अचानाक हृदयघात भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आज दिउसो १२.३० बजे निधन भएको नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापती कुमार रानाले आफ्नो फेसवुक स्टाटस मार्फत पुष्टी गरेका छन् ।
वालिङ नगरपालिका वाड नं २ निवासी रेग्मी विक्रम संम्वत १९९८ मंसिर २ गते जन्मिएका हुन् । रेग्मीका एक श्रीमति र दुई छोरी छन् । उनको पार्थिव शरिरलाई आफ्नै निवासमा राखिएको छ सोमवार विहान ७ बजे शवयात्रा निवासवाटै सुरु गरिने र अन्तिम संस्कार रामनदी धाममा गरिने नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ । रेग्मीको निधनको खवर पाउने वित्तिकै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी लगायत वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
२००७ सालमा प्रजातन्त्र स्थापनापछि कांग्रेसले थालेको सरकारको भद्र अवज्ञाका एक अभियान्ता रेग्मी २०१४ सालमै उनी कांग्रेसमा आवद्ध थिए । तत्काल संसदीय निर्वाचन गर्न दबाब दिन वनारसबाट हस्ताक्षर संकलन गरेर तत्कालीन राजा महेन्द्रलाई पठाउने मध्येका उनी पनि एक थिए ।
वनारसबाट बीपी कोइरालाको आह्वानमा राजनीतिक आन्दोलनमा लागेका सूर्य छात्र संघको कोषाध्यक्ष सम्म बने । त्यही बेला उनले बीपीलाई पहिलो पटक भेटेका थिए । २२ सालमा जेल जीवन विताएका रेग्मीको कांग्रेसले सशस्त्र संघर्ष थाल्ने निर्णय गर्दा सरकारवाट सर्वस्वहरण गर्ने घोषणा गरेको थियो ।
सुवर्णशमशेरले थालेको पञ्चायतविरोधी आन्दोलन चलिरहँदा सूर्य पनि संघर्षमा लागे । परिवर्तनका निम्ति हरेक राजनीतिक आन्दोलनमा नेपाल कांग्रेसको झण्डा बोकेर सक्रिय भएर लागेका रेग्मीले ७ वर्ष जेल जीवन बिताएका छन् ।
२०५१ सालको मध्यावधि निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका आधिकारिक उमेद्वार गोपालमान श्रेष्ठ संग बागी उम्मेदवार भर्याङ चिन्ह लिएर उठेका थिए । ७ हजार मत प्राप्त गरेका रेग्मीकै कारण काँग्रेसका गोपालमान श्रेष्ठको पराजित भएको थियो भने तत्कालीन नेकपा एमालेका धुर्व लम्साल सांसद बनेका थिए । भने अहिले माघ ९ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनका लागि गण्डकी प्रदेशवाट पार्टीले टिकट दिएको थियो
लामो समय स्याङ्जा जिल्ला पार्टी राजनीतिको केन्द्रमा रहेका महाधिवेशन प्रतिनिधिभन्दामाथि जान सकेनन् । भद्र अवज्ञादेखि हरेक राजनीतिक आन्दोलनमा सहभागी हुँदै जनआन्दोलन २०६२र०६३ को जनआन्दोलन हुँदै हालसम्म क्रियाशिल रहँदै आएका थिए ।
सन्त नेता भनेर चिनिने सूर्यप्रसाद रेग्मीले आफ्नो नाममा जायजेथा पनि जोडेका छैनन् । अहिले पनि दाइको परिवारसँगै बसोवास गर्दै आइरहेका थिए ।