स्याङ्जा-१५, चैत्र
कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै जान थालेपछि नियन्त्रणका लागि स्याङ्जामा स्थानीय सरकार योजनाबद्ध तरिकाले क्रियाशील भएका छन् । जिल्लाका ११ वटै स्थानीय तहले सङ्क्रमण फैलिन नदिन लकडाउनमा पनि आकस्मिक बैठक बसी आवश्यक पूर्वतयारी र सतर्कता अपनाएका छन् । हेल्थ डेस्क निर्माण, मास्क, साबुन वितरण र सचेतना जगाउन गाउँ–गाउँमा पुगेर स्थानीय तहले सरकारको अनुभूति दिलाएका छन् ।
सरकारले जोखिम वढ्दै गएपछि मुलुकलाई लकडाउन गरेको आज पाँचौ दिन जिल्ला भर शान्तिपूर्ण भइरहेको छ । एक साताका लागि गरेको लकडाउन पाँचौ दिन सम्म आईपुग्दा स्याङ्जाका प्रशासन, स्थानीय निकाय, राजनीतिकदल, सामाजिक संघसंस्थाले सरकारको निर्णयलाई कार्यन्वयन गराउन लागि परेका छन् । विश्वभर माहामारीको रुप लिइरहेको कोरोना भाईरस संक्रमण हुन नदिन स्थानीय तह, प्रशासनले पहिलो चरणमा विदेशवाट आएकालाई छुट्टै क्वारेन्टाइनमा राख्ने कार्य गरेको छ भने उनीहरुको स्वास्थ्यकर्मी मार्फत नियमित सम्पर्कमा ल्याउने काम गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहहरु संग समन्वय गरेर जिल्ला तहको विपत व्यवस्थापन र संक्रमितको शंका लागेका विरामीको तत्काल नमुना संकलन गरी परिक्षणका लागि आवश्यक तयारी गरिरहेको छ भने क्वारेन्टाईनमा बसेकाहरुको निगरानी गरिरहेको प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्वाङले जानकारी दिए । भने स्थानीय तहहरुले आफ्नै तरिकाले सबै वडामा रहेका विदेशवाट फर्किएकाहरुको निगरानी र जनचेतना फैलाउदै रोग लाग्नवाट बच्ने उपायहरुका वारेमा सूचना फैलाइरहेका छन् ।
यसै विच शनिवार वालिङ नगर पालिकाले नगरपालिका भित्रका राजनैतिक दल, नागरिक समाज, सुरक्षाकर्मी, संचारकर्मी र जनप्रतिनिधि विच अन्तरक्रिया गरि विपतका बेला आइपर्ने संकट र यसका लागि आवश्यक तयारीका विषयमा छलफल गरेको छ । नगर प्रमुख दिलिपप्रताप खाँणको अध्यक्षता बसेको वैठकमा संक्रमणलाई रोक्न के कस्ता पहलकदमी चाल्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले अहिले सम्मको अवस्था ठिक भएपनि अबका दिनका लागि अझै सचेत गराउन सबै नगरवासीलाई सचेतना फैलाउनुपर्ने सुझाव पेश गरेका थिए । अहिले सम्म वालिङ नगरपालिकामा बाहिरी देशबाट आएका ८३ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ । क्वारेन्टाईनमा राखिएकाको निगरानी सगै उनीहरुको सम्मानमा आच नआउने खालको काम गर्न पनि भेलाले सुझाव दिएको छ ।
चौथो कोरोना भाइरस देखिएको कैलालीलाई मध्यनजर गर्दै भेलाले अब वालिङ आउने व्याक्तिलाई क्वारेन्टाईनमा राख्न आग्रह गरिएको छ । अन्तरक्रियामा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, नेकपाका वालिङ नगर कमिटी सचिव रमेश अर्याल, नेपाली काँग्रेसका नगर कार्यबहाक सभापति भिमलाल सुवेदी, वडा प्रहरी कार्यालयका प्रमुख निरन्जन घिमिरे लगायतका बक्ताहरुले दैनिक उपभोग्य सामानको अभाव हुन नदिन, सुरक्षाकर्मी, स्वास्थ्यकमीलाई सुरक्षित सामाग्रीको उपलव्धता, शहर भन्दा ग्रामिण क्षेत्रमा जनताको असुरक्षा, सबै नागरिकलाई दुरी कम गर्ने सचेतना जस्ता बिषयमा ध्यान दिनुपर्ने लगायतका सुझावहरु आएका थिए ।
जनतालाई सुरक्षित बनाउन प्रशासनले विभिन्न उपाय अवलम्वन गरेको छ इलाका प्रशासन कार्यालयका प्रमुख दामोदर शर्माले भने,“प्रशासनले दिएको सुझावलाई जनताले कार्यन्वयन गर्नुपर्छ ।” सबै नागरिकको समस्यालाई बुझेर सोही अनुसार आवागमनको व्यवस्था मिलाएका छौ उनले भने ।
सामान्य ज्वरो, रुघाखोकीका बिरामीलाई स्वास्थ्यकर्मीले चेकजाँच गर्न नमान्ने, एम्वुलेन्सले बिरामी बोक्न नमान्ने समस्यालाई समाधान गर्ने बाटो तय गर्न सबै जनप्रतिनिधिहरुले सुझाएका छन् । भेलाबाट आएको निष्कर्ष सहित नगरपालिकाले १० ओटा निर्णय गरेको छ ।
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, जनप्रतिनिधि लगायतलाई सुरक्षाका लागि पिपिई लगायतका समाग्रि प्रदान गर्ने, कोरियामा रहेका दाजुभाई संगको समन्वयमा कोभिड १९ परिक्षण गर्ने किट नगरपालिकामा भित्र्याउन पहल गर्ने, दैनिक ज्याला मजदुरी गरेर खानेहरुका लागि आवश्यक खाद्यान्न समाग्रीहरु उपलव्ध गराउने, अत्यावश्यक सेवाका वस्तु तथा साधनलाई प्रभावकारी ढंगवाट सन्चालन गर्ने, संक्रमण हुनवाट बच्नका लागि गाँउ टोल सम्म प्रचार प्रसार गर्ने, एम्वुलेन्स र व्यक्तिहरुवाट सहयोगका लागि प्रदान गरेका गाडीहरुको सन्चालनलाई व्यवस्थित गरिने, खाद्यान्नको सहज आपुर्ति र विक्रिवितरणमा पहल गर्ने, विपत आइपरेको खण्डमा खटिने कार्यदल निर्माण गरिने लगायतका निर्णय गरिएको वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए ।
नगरपालिकालाई सुरक्षित राख्न अझै कडा लकडाउन गर्ने अवस्थामा जाने प्रयासमा छौं नगर प्रमुख खाँणले भने,“ कुनै नागरिकले अटेरी गर्ने, घरबाट बाहिर हिड्ने जस्ता क्रियाकलाप गरेका सिधै क्वरेन्टाईनमा राख्नेछौं ।” सबै नगरबासीले यस्तो संक्रमणबाट जोगाउन र जोगिन सहयोग गर्न आग्रह गर्दछु उनले भने । वालिङ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा भने अहिले सम्म कसैलाई राखिएको छैन ।
बाहिरबाट आउनेहरुले होम क्वारेन्टाईनमै बस्ने अनुरोधमा घरमै राखिने व्यवस्था मिलाइएको छ । सबै नागरवासीको समस्यामा नगरपालिका सधै साथमा रहने उपप्रमुख कल्पना तिवारीले बताईन । नगरपालिकालाई सघाउन र सुझाव दिन तिवारीले सबैलाई आग्रह गरिन् । अहिले सम्म होम क्वारेन्टाईन, क्वारेन्टाईन र सेल्फ क्वारेन्टाईनमा गरी स्याङ्जामा ४६६ जानालाई राखिएको छ ।
वालिङमा ११३ जना होम क्वारेन्टाइनमा
लकडाउनको पाँचौं दिन शनिबारसम्ममा वालिङ नगरपालिकाभित्रका विभिन्न ठाउँमा होम क्वारेन्टाईनमा बस्नेको संख्या एक सय १३ पुगेको छ । वालिङ नगरपालिकाले १४ वटै वडाका टोल÷टोलका घर÷घरमा पुगेर विदेशबाट आएकाहरुको विवरण संकलन गरी उनीहरुलाई होम क्वारेन्टाईनमा राखिएको नगर प्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए ।
विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर–घरमा पुगेर एकसय १३ जनालाई होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको नगर प्रमुख खाँणले बताए । “विशेष गरी विदेशबाट फर्किएको १४ दिन पूरा नभएकाहरुलाई घर परिवारको सम्पर्क भन्दा छुट्टै बस्न सुझाव दिइएको नगर प्रमुख खाँणले जानकारी दिए ।
शनिबार साँझसम्म वालिङ नगरपालिकाकाको १ नं. वडामा ९, २ मा ८, ३ मा ५, ४ मा ४, ५ मा ९, ६ मा ८, ७ मा ७, ८ मा ११, ९ मा १०, १० मा ४, ११ मा १०, १२ मा १८, १३ मा ६ र १४ मा ४ जना गरी कूल एकसय १३ जना विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाईनमा बसेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिए ।
होम क्वारेन्टाईनमा बसेकाहरुलाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गर्नुका साथै आवश्यक परामर्श समेत दिईएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बता