राहुल गुप्ता,
बारा कलैया, १४ चैत ।
कोरोना भाईरस (कोभिड-१९) ले विश्वभरी नै महामारीको रुप लिएका कारण सिङ्गो विश्व आक्रान्त बनेको छ । नेपालमा पनि कोरोना भाईरस देखा परिसकेको कारण यसबाट सुरक्षित रहन नेपाल सरकारले सम्पूर्ण देश लक डाउन गरेर उक्त संक्रमणको जोखिम संग लडाई लडेको छ । देशका तिनै तहका सरकार,स्वास्थ्यकर्मी, राजनैतिक दल, सुरक्षा निकाय र गृह प्रशासनले यसको जोखिमवाट बच्न र संक्रमण हुन नदिन चनोखो भइरहेको छ ।
यसैविच नेपाली काँग्रेस वाराका सभापती जयचन्द्र चौरसियाले विज्ञप्ती प्रकाशित गरि सचेतपूर्ण तरिकाले जिल्लावासीलाई घर भित्रै बस्न आग्रह गरेका छन् । विज्ञप्तीमा सरकारले घोषणा गरेको लकडाउन र कार्यालयले जारी गरेको निषेधाज्ञा ठिक रहेको छ । बिश्वभरी फैलिएको कोरोना भाईरसको महामारीबाट बच्न सामाजिक दुरी कायम गर्दै सरकारले घोषणा गरेको लकडाउन अवधिभर आ(आफ्नो घर भित्रै एकान्त बास९क्वारेन्टाइन ० मा बस्न सम्पुर्ण जिल्लाबासी र कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई हार्दिक आग्रह गर्दछौं भनिएको छ ।
लकडाउनका कारण दैनिक ज्यालादारी र मजदुरी गरेर जीवन निर्वाहगर्ने गरिब ( मजदुरहरुलाई छाक टार्न समेत गार्हो भईरहेकोले त्यसता गरिब(मजदुरहरुकालागी तत्काल राहतको प्याकेज ल्याउन संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । जिल्लाका विभिन्न ठाउँमा केही व्यापारीहरुले दैनिक उपभोग्य बस्तु लुकाएर कालोबजारीगरिरहेको गुनासो नागरिकहरुबाट आएकोले तत्काल त्यसलाई नियन्त्रणगर्न र दैनिक उपभोग्य बस्तुको आपूर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालय ध्यानाकर्षण गराउन चाहन्छौं ।
आ-आफ्नो गाउँ(टोलमा कोरोना लागेको कुनै शंकास्पद व्यक्तीका बारेमा थाहा पाएमा मोबाईल फोन मार्फत जिल्ला प्रहरी कार्यालयमा खबर गरिदिन हुन कांग्रेसका शुभेच्छुकका साथै सबै जिल्लाबासीमा पार्टीले हार्दिक अनुरोध गर्दछ । साथै जिल्लाबासीलाई कोरोना बचाउन अहोरात्र खटिरहनु भएका सम्पुर्ण स्वास्थ्यकर्मी र सुरक्षकर्मीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।