राहुल गुप्ता,
बिरगंज, १० चैत्र ।
नेपाल भारतको नाका आज देखि बन्द गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसबाट जोगिन आईतबार बसेको मन्त्रिपरिषदको बैठकले चीन र भारतसंग जोडिएको नाकाहरु एकसाताको लागि बन्द गर्ने निर्णय गरेको थियो /
नेपालबाट भारत जाने र भारतबाट नेपाल तर्फ आउने मानिसहरु नाकामा छन् । कतिपय मानिस अत्यावश्यक काम भन्दै आउ९जाउ गरिरहेका छन् । बिहान देखि गरिएको मापन दिउँसो १२ बजेसम्म ७८० जनालाई भारतबाट नेपाल प्रवेश दिइएको छ ।
नेपाल–भारत आउ—जाउ गर्न चाहनेहरुको वीरगञ्ज नाकामा भिड छ मानिसहरु लाइनमा बसेर नेपाल प्रवेश गर्ने पर्खाइमा छन् । अघिल्लो दिनको तुलनामा भने वीरगञ्ज नाकाबाट आउ–जाउ निकै कम भएको छ ।
सुरक्षाकर्मीहरुले आँखाको अपरेसन गर्न भनेर रक्सौलबाट वीरगञ्ज आउन लागेका सुरेश प्रसाद र आफूलाई भन्सारका एजेन्ट बताउने सुनील कुमार कुशवाहलाई भने रोकेका छन् सुरक्षा कडाईका कारण नेपालबाट भारत जाने र भारतबाट नेपाल तर्फ आउने मानिसहरु नाकामै घेरिएका छन । दिउँसो १२ बजेदेखि भंसार गेट अगाडी बेरियरले नै बाटो घेरिएको छ । जसले गर्दा पैदल यात्रा गर्ने यात्रुलाई समेत भारत तर्फ र भारतबाट आउँनेलाई नेपाल तर्फ प्रवेशमा रोक लगाईएको छ ।