राहुल गुप्ता / बारा, १० चैत्र ।
फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०७३ जेठ ३१ गतेको फैसला आदेशले चोरी मुद्दामा ९ वर्ष कैद ठहर भई फरार रहेका प्रतिवादी साबिक जिल्ला बारा मधुरी जब्दी वडा नं. १ हाल परिवर्तित महागढीमाई नगरपालिका वडा नं. ११ बस्ने ठाकुर राउत अहिरको छोरा वर्ष ४५ को पर्शुराम प्रसाद यादवलाई मिति २०७६ चैत्र १० गते जिल्ला प्रहरी कार्यालय बाराबाट प्र.नि प्रशान्त श्रेष्ठको कमान्डमा खटिएका प्रहरी टोलीले पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित बारा जिल्ला अदालतको आदेशले निजलाई कैद भुक्तानको लागि कारागार कार्यालय विरगंज पठाइएको ।