राहुल गुप्ता
विरगंज, ९ चैत्र ।
कोभिड १९ अर्थाथ कोरोना भाईरस अहिले विश्वमा महामारीको रुप लिई रहेको वेला नेपालमा पनि आइपर्न सक्ने संकटका लागि उच्च सतर्कता अपनाइएको छ । नेपालका विभिन्न ठाँउहरुमा विभिन्न संघ संस्थाहरुले माक्स तथा सेनिटाईजर वितरण गरि सम्भावित महामारीको स्थितीवाट सचेत रहन जनचेतना फैलाउने काम भइरहेको छ ।
सिमावर्ती क्षेत्र वीरगंज आसपासका क्षेत्रहरुमा कोरोना भाइरसको संक्रमण उच्च जोखिममा रहेकोले ति क्षेत्रहरुमा जोखिम न्यूनिकरण र बच्ने उपायको वारेमा जनचेतना फैलाउन सरकारी निकायदेखि राजनीतिक दलका नेता कार्यकर्ताहरु समेत लागि परेका छन् ।
यसैविच आज विरगंजको माइस्थान तथा घण्टाघर क्षेत्रका फुटपाथका व्यपारीहरुलाई सांसद प्रदीप यादवद्वारा माक्स र सेनिटाइजर वितरण गरियो। कोरोना भाइरसबाट बाच्न माक्स प्रयोग गर्न र सामान खरिद, विक्रि गर्दा, पैसा लिदा वा फिर्ता गर्दा सेनिटाइरजरको प्रयोग गर्न भन्दै माक्स र सेनिटाइजर वितरण गरिएको छ ।
आफनो समाजिक उत्तरदायीत्व अन्तर्गत आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्देश्य सहित माक्स तथा सेनिटाइजर वितारण गरिएको यादवको भनाई छ । कार्यक्रममा प्रदेश साँसद जन्नत अंसारी , जि स स का सभापति नेक महमद अंसारी, नगर अध्यक्ष ईश्वर यादव, केन्द्रिय सदस्य निखिल बर्णवाल, लगाएतको उपस्थिति रहेको थियो।