स्याङ्जा, ८ चैत्र ।
चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । नेपाल लगायतका देश भाईरस संक्रमणको उच्च जोखिममा रहेको अवस्थामा देशभर उक्त भाईरस संक्रमणवाट जोगिन नेपाल सरकारले तयारी थालनी समेत गरेको अवस्थामा भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले २० हजार थान माक्स र थर्मोमिटर सहित आफ्नो गृह जिल्लालाई सचेत रहन आग्रह गरेकी छन् ।
बिपद ब्यवस्थापन समिति स्याङ्जाको बैठक तथा माक्स हस्तान्तरण कार्यक्रममा शनिबार मन्त्री अर्यालले कोभिड १९ ले विश्वलाई आक्रान्त पारेको भन्दै नेपालमा संक्रमण हुन नदिन तीन तहका सरकारले उच्च सर्तकता अपनाएको जानकारी दिएकी छन् । मन्त्री अर्यालले छिमेकी देश भारतमा संक्रमणको संख्या बढ्दै गएको अवस्था छ नेपालमा संक्रमण भित्रिन नदिनका लागि सबै जनताको सहयोग आवश्यक रहेको वताएकी छन् ।
नेपाल समेत जोखिममा रहेको डब्लूएचओले भनिरहेको छ हामी सजग रह्रौँ संक्रमणसंग डटेर लडौँ ।’ कोभिड १९ को संक्रमणलाई सचेनताका साथै आत्मविश्वासले परास्त गर्न सक्ने बताउदै मन्त्री अर्यालले संक्रमणलाई प्रवेश गर्न नदिन सरकारले उच्च सर्तकता अपनाएको बताईन् ।
मन्त्री अर्यालले सरकारले गरेको निर्णयले व्यक्तिगत आनीबानीमा केहि समस्या रहेपनि सर्तकता अपनाउन नसकेमा भयङ्कर दुर्घटना निम्तन सक्ने बताईन । जनप्रतिनिधी, राजैतिक दल, सुरक्षाकर्मीले यहाँ कोरोना भाइरसको संक्रमणबाट बच्न राम्रो काम गरेको बताउदै मन्त्री अर्यालले थप काम गर्न आग्रह गर्दै असक्त, रोगीलाई रोगले छिट्टै संक्रमण हुन सक्ने भन्दै युवाहरुले समेत सर्तकता अपनाउनुपर्ने बताईन ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य मिन प्रसाद गुरुङ्, जिल्ला समन्वय समिति सदस्य सिता कुमारी सुन्दास, नेकपाका अध्यक्ष सुर्य प्रसाद गैरे, नेपाली काँग्रेस प्रबक्ता इन्द्र गोदार लगायतले कोरोना भाईरसको संक्रमणलाई रोक्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । बैठकले सरकारको निर्णयलाई कार्यान्वय गर्ने र बिदेशबाट फर्केका नेपालीलाई १४ दिन पालिकाको निगरानीमा क्वारेन्टाइन राख्ने निर्णण गरेको छ ।
होटेल, रिसोर्ट, बार पसलका संचालकले ज्वरो मापन गर्ने उपकरण तथा सामाग्रीका ब्यवस्था गर्ने र हात सफा गर्ने सेनिटाइजर राख्नु पर्ने सहितका १३ वटा निर्णय गरेको छ । यस्तै मन्त्री अर्यालले बिपद ब्यवस्थापन समितिलाई २० हजार माक्स र एक थान गन थर्मोमिटर प्रदान गरेकी छन् । मन्त्रीबाट प्राप्त माक्सलाई प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्ले ११ स्थानिय तह, प्रहरी, सेना, प्रशासन, जिल्ला अस्पताल, रेडक्रसलाई बितरण गरेका छन् ।
यस्तै मन्त्री अर्यालले शनिबारै फागुन २९ गते आगालागीबाट प्रभावित परिवारलाई आर्थिक तथा जस्ता पाता प्रदान गरेकी छन् । कालिगण्डकी गाउँपालिका ५ बासटारीमा अग्निपिडितलाई मन्त्री अर्यालले राहत प्रदान गरेकी हुन् ।
मन्त्री अर्यालले गोठ जलेका परिवारलाई दश हजार र घर जलेको परिवारलाई १५ हजार नगद र ४४ हजार वरावरको जस्ता पाता प्रदान गरेकी छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी वडा कमिटिले संकलन गरेको ६५ हजार र राष्ट्रिय युवा संघले संकलन गरेको ३० आगालागी पिडीतलाई मन्त्री अर्याल मार्फत हस्तान्तरण गरिएको थियो ।