काठमाडौं, ७ चैत्र ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९ ) संक्रमणबाट बच्न र बचाउन नेविसंघ स्याङ्जा काठमाडौं सम्पर्क समितिद्धारा काठमाडौंमा निशुल्क मास्क वितरण गर्दै सचेतनामुलक कार्यक्रम गरेको छ ।
गिरिजाप्रसाद कोइरालको दशौँ स्मृति दिवसमा नेविसंघ केन्दीय समितिको आह्वान तथा नेविसंघ स्याङ्जा काठमाडौं सम्पर्क समितिको आयोजनामा काठमाडौंमा दुई हजार माक्स वितरण गरिएको हो ।
स्याङ्जा काठमाडौं सम्पर्क समितिका अध्यक्ष ई दिपेन्द्र क्षेत्रिको अध्यक्षतामा भएको मास्क वितरण कार्यक्रमको उद्घाटन नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेय र बलदेव तिमल्सिनाले गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री पाण्डेले राष्ट्र संकट र सन्त्रासपूर्ण परिस्थितिमा रहेको वर्तमान अवस्थामा गिरजाबाबुको सहमति, सहकार्य र एकताको अवधारणलाई हामीले अनुसरण गर्न सके कोरानाको महामारीबाट जोगिन सक्ने बताएका थिए । महामारीको रुपमा फैलिएको भाइरसको संक्रमणवाट बच्न र सावधानी अपनाउन सबै नेपालीहरुलाई आग्रह गरेका थिए ।
त्यस्तै अर्को महामन्त्री तिमल्सिनाले यस्तो अवस्थामा सत्तापक्ष, प्रतिपक्ष लगायत सम्पूर्ण दल र नागरिकको एउटै स्वर र भावना हुन आवश्यक भन्दै देश भित्र फैलन नदिन सबैले सामुहिक प्रयास गर्नु को विकल्प नरहेको वताएका थिए ।
नेविसंघले ‘आफू बचौ र अरुलाई पनि बचाऊ भन्ने अभियान’ अन्तर्गत बानेश्वरमा निशुल्क मास्क वितरण गरिएको र विश्वव्यापी रुपमा संक्रमण भइरहेको भाइरस विरुद्ध सावधानी अपनाउन र चेतना फैलाउन काठमाण्डौमा माक्स वितरण गरिएको अध्यक्ष दिपेन्द्र क्षेत्रीले जानकारी दिए ।