राहुल गुप्ता
वीरगंज, ७ चैत ।
नारायणी अस्पतालले उपचारका लागि आउने जो कसैलाई पनि थर्मल जाँच पछि मात्रै प्रबेस दिन थालेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन अस्पतालले उपचारका लागि आउने सबैलाई अस्पतालको गेटमै थर्मल जाँचको व्यवस्था मिलाएको छ ।
थर्मल जाँच गरेर मात्रै प्रवेश दिन थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा।मदन उपाध्यायले जानकारी दिए । थर्मल जाँचका लागि अस्पतालले ६ जना स्वयम् सेवक परिचालन गरेको छ ।
उनिहरू अस्पतालको गेटमा थर्मल चेकका लागि स्ट्याण्डवाई रहने पनि डा उपाध्यायले जानकारी दिए । यस्तै अस्पतालको आइसोलेसन वार्ड र ओपिडि वार्डमा स्यानिटाइज गरिएको छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामीको भिडभाड हुने भएकाले उच्च सतर्कता अपनाईएको सुपरिटेण्डेण्ट डा।उपाध्यायले जानकारी दिए ।