स्याङ्जा, २९ फागुन ।
लागू औषध सहित एक जना यूवा प्रक्राउ परेका छन् । वालिङ नगरपालिका वडा नं ८ मोडस्थित सडकबाट पुतलीबजार नगरपालिका वडा नं १ बस्ने १९ वर्षीय सन्देश बिकलाई लागू औषधसहित प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।
विकको साथबाट फेनरागन २० एम्पुल, नोर्फिन २० एम्पुल र डाईजेपाम २० एम्पुल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना। ४ ख २३२२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार ती यूवालाई लागू औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।