वालिङ, २९ फागुन ।
वालिङ नगरपालिका वडा नम्वर १० मा स्थापना गरिएको न्यू गाँउबेसी बहुउद्देश्यीय सहकारी संस्थाले उद्यमशिलतासँग सम्वन्धीत क्रियाकलाप शुरु गरेको छ । सहकारी संस्थाले सदस्य केन्द्रित बचत तथा सहुलियत ऋणको कारोवार औपचारिक रुपमा शुरुवात समेत गरेको छ ।
सहकारीले सदस्यहरुलाई व्यवशायीक खेती तर्फ आकर्षित गराई उद्यमी बनाउने बताएको छ । संस्थाका अध्यक्ष अर्जुन प्रसाद खनालका अनुशार सहकारीले तरकारी खेती, बाख्रापालन लगायतका कार्यक्रम गर्दैछ । त्यस्तै सहकारीले मल तथा बिउबिजन समेत सहुलियत दरमा बितरण गर्ने अध्यक्ष खनालले जानकारी दिए ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना” अन्तरगत वालिङको वडा नम्वर ८, ९ र १० का १०० जना भन्दा बढि व्यक्तीको सक्रियतामा सहकारीको स्थापना गरिएको थियो ।
सहकारी संस्थाको कारोवारको औपचारिक सुरुवात जेष्ठ सदस्य देवेन्द्र प्रसाद भट्टराई र अध्यक्ष अर्जुन प्रसाद खनालवाट शुभारम्भ गरिएको हो । कार्यक्रम अन्तरगत स्थापना गरिएका सहकारीलाई कार्यक्रम मार्फत बिभिन्न सहयोग र सहकार्य गरिने युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए ।