स्याङ्जा, २९ फागुन । सिद्धार्थ राजमार्ग अन्तरगत स्याङ्जा जिल्ला वालिङ नगरपालिका–१३ बायाँटारीको नालामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
नालामा जमेको पानीमा विहीबार दिउसो घोप्टो अवस्थामा सोही ठाँउ निवासी ३७ वर्षीय कृष्णबहादुर सार्की मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।