भवानी अधिकारी
स्याङजा, १७ फागुन । राष्ट्रिय पुननिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारको आयोजनामा वातावरण तथा सामाजिक ब्यवस्थापन ढाँचाका बारेमा छलफल एवं सुझाव संकलन कार्य गरिएको छ । भुकम्प पछि समयमै पुननिर्माण हुन नसक्नु र भुकम्पवाट क्षतिग्रस्त संरचना र यसवाट प्रभावित विकास निर्माण समयमै हुन नसक्नु दुखद भएको कार्यक्रममा सहभागिहरुले वताएका छन् ।
आयोजनाद्धारा सम्पादित कार्यबाट वातावरणीय र सामाजिक असर न्यूनीकरण गर्दै सकारात्मक असरलाई प्रोत्साहन गर्ने कार्यक्रमको ढाचा रहेको जनाइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले दुरगामी असर नपर्नेगरी तोकिएका समयमा भूकम्पले भत्काएका घरहरु निर्माण गर्नुपर्नेमा सरकार र सरोकारवाला निकाय जिम्मेवार हुनुपर्नेमा दिइन् ।
कार्यक्रममा गल्याङ नगरप्रमुख भूपराज अधिकारी, निमित्त प्रमुख जिल्ला अधिकारी धुव गिरी, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले २०७२ सालमा भूकम्पले भत्काएका घरहरु निर्माण हुन नसक्नु, भूकम्प पिडितका घर सम्पन्न भैसक्दा पनि किस्ता वापतको रकम अझै नपाउनु, समायबधी सकिन लाग्दा पनि पुननिर्माण कार्य अझै पुरा हुन नसक्नु, सडक निर्माण भएपछि नजिकै रहेका बिद्यालय र भवनमा क्षति पुगेका, मुल तथा पानीका स्रोतमा कमी, लगायतका बारेमा सुझाव एवं जिज्ञासा राखेका थिए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार स्याङजाका प्र्रमुख प्रविण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम अधिकृत केशव सुवेदीले संचालन गरेका थिए । भने सामाजिक बिज्ञ चन्द्रकान्त लौडारीले वातावरण तथा सामाजिक ब्यवस्थापन ढाचा बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । ।
भूकम्पवाट बढी प्रभावित जिल्ला नुवाकोट, धादिङ र दोलखाबाट सुरु भएको यो कार्यक्रम दुइ बर्षदेखि कम प्रभावित १४ वटै जिल्लामा बिस्तार भएको जनाइएको छ । विश्व बैंकको सहयोग रहेको यस कार्यक्रमले असर कम गर्नेतर्फ केन्द्रीत रहेको छ ।