वालिङ, १५ फागुन ।
उपराष्ट्रपति नन्दबहादुर पुनले देश समृद्धिको मार्गमा अग्रसर रहेको बताएका छन् । आज स्याङ्जाको वालिङमा ३८औँ मगर एकता दिवस तथा मगर गुमष्ठ ईमको उद्दघाटनगर्दै उपराष्ट्रपति पुनले समृद्धिका आशालाग्दो काम भईरहेको भन्दै सिंहदरबारमा केन्द्रित अधिकार अहिले गाउँगाउँमा पुगेको बताएका छन् ।
उपराष्ट्रपति पुनले केन्द्रमा सङ्घीय सरकारले देशको प्रमुख शत्रुका रुपमा रहेका भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हटाउन लाग्नुपर्छ भने स्थानीय सरकारले जरैबाट फाल्न शुरु गरे मात्रै विकासले फड्को मार्दै जाने बताएका छन् ।
मगर समुदाय सङ्घर्षशील, वीर, इमान्दार र कर्तव्यनिष्ठ समुदाय भएको बताउँदै उपराष्ट्रपति पुनले अब सबैको ध्यान विकास र आर्थिक समृद्धितर्फ हुनुपर्नेमा जोड दिए। उनले मातृभाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउँदै मातृभाषा पठनपाठनको व्यवस्था मिलाउन पनि आग्रह गरे।
हिमाल पहाड तराई मधेसको भौगोलिक विविधताले भरिएको देश नेपालका बिभिन्न भु–भागमा मगर बाहुल्या रहेको भन्दै हरेक आन्दोलनमा मगर समुदायको योगदान रहेको बताउदै उपराष्ट्रपति पुनले भने, “ऐतिहासिक जनयुद्धमा होस या आधुनिक नेपाल निर्माणमा होस मगर समुदायको महत्वपुर्ण योगदान रहेको छ ।”
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल मगर राष्ट्रिय एकता दिवसको शुभकामना सन्देश र नेपाल भ्रमण वर्षको सन्देश लिएर स्याङ्जा आएको बताएका थिए । उपराष्ट्रपति पुनले आँधीखोलामा के ल्याईदिँउ कोसेली भिर्नि झोलामा भन्ने गितबाट आफ्नो सम्बोधन शुरु गर्दै स्याङ्जाली जनताको लागी मगर दिवसको शुभकामना र भ्रमण वर्षको सन्देश लिएर आएको बताउँदा उपस्थित मानिसहरुमा निकै उत्साह थपिएको थियो ।
स्याङ्जा ऐतिहासिक जिल्ला भएको चर्चा गर्दै उपराष्ट्रपति पुनले आँधीखोला हाईडयाम आयोजनाका बारेमा उर्जा मन्त्रालयसंग छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, “आँधीखोला हाईडयाम विगत २० वर्षदेखि अन्यौलमा रहेछ । यतिका वर्षमा आयोजनाले गति लिन नसक्नु दुख पक्ष हो । म सम्बन्धीत निकायको ध्यानार्कषण गराउँन चाहान्छु ।”
यहाँको कालीगण्डकी, आँधीखोला र ज्याग्दीखोलामा जलयात्रा गरी प्रशस्त्रै पर्यटक भित्रयाउन सकिने भन्दै पर्यटनको विकासले यहाँका स्थानीयको जिवनस्तरलाई माथि उकास्न सहयोग गर्ने उपराष्ट्रपति पुनको भनाई थियो ।
कार्यक्रममा संघिय सांसद अमृता थापा, गण्डकी प्रदेशका विधायन समिति सभापति मोहन रेग्मी, प्रदेश सांसद दिपक चर्तीमगर, नेपाल मगर संघ पुर्व केन्द्रिय अध्यक्ष महेन्द्र थापा, नेकपा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, वालिङ नगरप्रमुख दिलिपप्रताप खांण, नेपाल मगर संघ पुर्व केन्द्रिय उपाध्यक्ष रिना रानालगायतले मगर एकता दिवसले मगर भाषा, संस्कृतिको संरक्षण तथा प्रर्वद्धनमा टेवा पु¥याउने बताएका थिए ।
कार्यक्रम नेपाल मगर जिल्ला समन्वय समिति कार्यबहाक अध्यक्ष दिनेश रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सल्लाहकार पुर्णबहादुर थापा, सञ्चालन सचिव सागर थापा र उमेश दर्लामी, धन्यवाद उपाध्यक्ष खुम विरकट्टाले गरेका थिए । कार्यक्रममा ११ वटै स्थानीय तहका मगर समुदाय आफ्नो भेषभुषासहित उपस्थिति थिए । कार्यक्रम हुनुपुर्व मगर भेषभुषा, झाँकीसहितको ¥याली र बाजा गाजा सहित नगरपरिक्रमा गरिएको थियो । भने कार्यक्रममा मगर सांस्कृतिक झल्कने प्रस्तुति समेत प्रर्दशन गरिएको थियो ।