स्याङ्जा, १५ फागुन ।
बुधबार बेलुका पोखरा महानगरपालिका(१४ चाउथेमा भएको दुर्घटनामा एकै घरका दुईजना दाजुभाईको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका आरुचौर घर भइ हाल चाउथे बस्ने सहोदर दाजुभाइ ईश्वरबहादुर क्षेत्री र मेखबहादुर क्षेत्री हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार साँझ ग१४प ५२४ नम्बरको मोटरसाइकलमा सवार क्षेत्री दाजुभाइलाई विपरीत दिशाबाट आउँदै गरेको ग१ख ९५९५ नम्बरको बसले ठक्कर दिइ घाइते बनाएको थियो ।
घाइतेको उपचारार्थ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (क्षेत्रीय अस्पताल) मा लगिएकोमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।