काठमाडौं, १४ फागुन ।
नेपाल पत्रकार महासङ्घले हाम्रा कुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।
महासङ्घका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासङ्घमा शिवाकोटीले जानकारी गराएकाले सुरक्षा व्यवस्था मिलाउन सरकार संग माग गरेको जानकारी दिए ।
महासचिव विष्टले पत्रकार सिवाकोटीको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन सरकार संग माग गरिएको जानकारी दिए ।
शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शङ्कास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासङ्घलाई जानकारी गराएको महासचिव विष्टले बताए । महासचिव विष्टले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासङ्घ भत्र्सना गर्दछ भने ।